1660-01-5-8888

लामाे समयकाे लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने अबस्थाले तपाइँकाे घरमा विद्युत प्रधिकरणबाट मिटर रिडरहरू आउन सकेका छैनन् । यस्ताे बेला बिजुलीकाे महसुल कसरी तिर्ने ? समयमा महसुल नतिरे जरिमाना तिर्नु पर्ने हुन्छ  ।

यसकाे समाधान प्राधिकरणले निकालेकाे छ । अब विद्युतका ग्राहकले अनलाइन मिटर रिडिंग गर्न सक्नेछन् । यस्ताे सुविधा अन्तरगत ग्राहकलेे आफैं मिटर रिडिंग गरेर आफूले खपत गरेकाे बिजुलीकाे खल्ती डिजिटल वालेटबाटै महसुल भुक्तानी गर्न सक्नेछन् ।  छैन त सजिलाे ? यसका लागि तपाइँलाइ माेवाइल भए पुग्छ । तपाइँ कम्प्युटर, ट्यावलेटलगायतका डिभाइसबाट पनि शुल्क तिर्न सक्नुहुनेछ । 

 

मिटर रिडिंग कसरी गर्ने ?

  • नेपाल विद्युत प्रधिकरणकाे वेवसाइट  www.consumer.nea.org.np मा जानुहाेस् । त्यहाँ रजिस्टर सेक्सनमा रजिस्ट्रेसन फारम आउने छ । 
  • अब त्याे फारममा ग्राहकाे नाम, इमेल, माेवाइल नम्बर भरेर पासवर्ड हाल्नुहाेस् । अनि  ‘submit’ बटन थिच्नुहाेस् । 
  • रजिस्ट्रेसन भइसकेपछि युजर नेम र पासवर्ड हालेर लगइन गर्नुस् । (युजर नेम तपाइँकाे माेवाइल नम्बर हुनेछ)
  • यसपछि “Add Consumer” बटन क्लिक गर्नुहाेस् ।
  • अब “DCS Name” (तपाइँकाे काउन्टर), “Consumer ID “ र “SC number” हाल्नुहाेस् । (यी सबै विवरण तपाइँकाे पहिलेकाे विजुलीकाे बिलमा हुन्छ )
  • यसपछि तपाइँले भर्नु भएकाे सबै विवरणा एउटा टेवलमा देखिने छ । एक्सन ट्यावकाे “क्लिक” बटन मा Click गरेर आँफैले बिजुली मिटर हेर्नुहोस् |
  • अब कुन महिनाकाे विजुलीकाे मिटर रिड गर्ने हाे, महिना छान्नु हाेस् । अनि मिटर बक्समा रहेकाे मिटरकाे विवरण भर्नुहाेस् ।
  • यदि तपाइँकाे पूरानाे महसुल बाँकी छैन भने कुन महिनासम्म महसुल तिरेकाे छ भनेर म्यासेज आउँछ । 

 

Khalti बाट विजुलीको बिल तिर्नः

  • खल्ती माेवाइल एपको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
  • त्यहाँ बल्बको आइकोन भएको (Electricity) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाईंले यसअघि विल तिर्दै आउनु भएको विद्युत प्राधिकरणको काउन्टर छनौट गर्नुहोस् । 
  • त्यसपछि तपाईंको बिजुलीको बिलमा भएको एससी नम्बर (SC Number) र कन्जुमर आइडी (Consumer ID) हान्नुहोस् ।
  • मोवाइल एपमा यति कुरा इन्ट्री गरेपछि गेट डिटेल्स (GET DETAILS) मा जानुहोस् । त्यसपछि विद्युत प्राधिकरणको सिस्टमले तपाईंको ग्राहक नम्बर, नाम र तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ । 
  • सबै कुरा मिलेपछि तपाईंले आफ्नो अर्डर स्वीकार गर्न सक्नुहुन्छ । 

मोवाइल एपमा तपाईंले अग्रिम रुपमा महसुल तिर्ने सुविधा पनि उपलब्ध छ ।