1660-01-5-8888

महिनैपिच्छे बिजुली बिल तिर्न विद्युत प्राधिकरणको नजिकैको कार्यालय धाउनु कति गाह्रो छ । त्यसमा पनि प्राधिकरणको काउन्टरमा उपभोक्ताको उस्तै लाइन लागेको हुन्छ । दुर्गम स्थानमा त विजुलीको बिल तिर्न पूरै दिन माया मारेर जानु पर्छ । अब यस्ता दिन सकिएका छन् । तपाईं घरमा बसिबसि ‘खल्ती’बाट बिजुलीको बिल तिर्न सक्नु हुन्छ । 

‘खल्ती’ मोवाइल वालेटले मोवाइलबाटै बिजलीको बिल तिर्ने सुविधा ल्याएको छ । khalti.com   वेवसाइटबाट पनि ‘खल्ती’को एकाउन्ट प्रयोग गरेर बिल तिर्न सकिन्छ । 

 

कसरी तिर्ने त मोबाइलबाटै बिजुली बिल ?

  • वालेटको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
  • त्यहाँ बल्बको आइकोन भएको (Electricity) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाईंले यसअघि विल तिर्दै आउनु भएको विद्युत प्राधिकरणको काउन्टर छनौट गर्नुहोस् । 
  • त्यसपछि तपाईंको बिजुलीको बिलमा भएको एससी नम्बर (SC Number) र कन्जुमर आइडी (Consumer ID) हान्नुहोस् ।
  • मोवाइल एपमा यति कुरा इन्ट्री गरेपछि गेट डिटेल्स (GET DETAILS) मा जानुहोस् । त्यसपछि विद्युत प्राधिकरणको सिस्टमले तपाईंको ग्राहक नम्बर, नाम र तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ । 
  • सबै कुरा मिलेपछि तपाईंले आफ्नो अर्डर स्वीकार गर्न सक्नुहुन्छ । 

मोवाइल एपमा तपाईंले अग्रिम रुपमा महसुल तिर्ने सुविधा पनि उपलब्ध छ ।

यसरी तपाईंले जहाँसुकै बसेर जहाँ प्रयोग गरेको बिजुलीको पनि महसुल तिर्न सक्नुहुन्छ । विद्युत प्राधिकरणले अनलाइन सिस्टम विहान १० बजेदेखि राति १२ बजेसम्म मात्र खुल्ला राख्छ । त्यति बेला मात्रै तपाईंले मोवाइल वा ‘खल्ती’को वेवपेज khalti.com  बाट भुक्तानी गर्न सक्नुहुन्छ । एकाबिहानै विजुलीको बिल तिर्न भने सम्भव हुँदैन ।