1660-01-5-8888

तपाईँले मेवाइलमा खल्ती एप डाउनलोड गरेर काराेबार गर्दै आउनु भएको हाेला । खल्तीले दिने सबै सुविधा उपभोग गर्न भने तपाईँले केवाइसी फर्म भर्नै पर्छ । ग्राहक पहिचान गर्न भरिने केवाइसी (KYC) फर्म खल्तीले आफ्नो

लागि नभइ राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य गरेको हो । अवैधानिक तरिकाबाट कमाएको पैसा कसैले वालेटमा नलुकाउन् भनेर ग्राहकलाई स्पष्ट रूपमा चिन्न यस्ताे फर्म भराइन्छ । यस्तै फर्म बैंकमा खाता खोल्दा, सेयर काराेबार गर्दा पनि भर्नु पर्छ ।

धेरैले यस्तो फर्म भर्न झण्झट मान्ने गरेको देखिन्छ । यो फर्म भर्न सजिलो छ । दुइ मिनटमै फर्म भर्न सकिन्छ । 

 

खल्ती वालेटमा केवाइसी फर्म भरेपछि 

fill khalti KYC

  • खल्ती वालेटबाट ५००० भन्दा माथिको कारोबार गर्न सकिन्छ । 
  • एटिएम कार्डबाटै खल्ती वालेटमा पैसा लोड गर्न सकिन्छ । 
  • खल्तीको रेमिटान्स सेवा प्रयोग गरेर पैसा पठाउन सकिन्छ । 
  • खल्ती वालेटमा बैंक खातालाइ जोड्न सकिन्छ । यसपछि बैंकबाट सिधै काराेबार गर्न सकिन्छ । 
  • खल्ती वालेटमा भएको नगद बैंक खातामा पठाउन सकिन्छ । 
  • विभिन्न कम्पनीहरूले दिने बोनस अफरमा पाइने कुपन उपयोग गर्न सकिन्छ ।

 

कसरी भर्ने केवाइसी फर्म ? 

  • खल्ती वालेट खोलेर मोर (More) मा जानुहाेस् ।
  • त्यसपछि केवाइसी फर्ममा click गर्नुहाेस् ।
  • यहाँ आफ्नो¸ बुवा, आमा र हजुरबुवाको नाम भर्नुहाेस् ।
  • त्यसपछि आफ्नो जन्म मिति र ठेगाना भर्नुहाेस् ।
  • त्यसपछि तपाईँको परिचय दिने नागरिकता, पासपोर्ट वा लाइसेन्स मध्ये कुनै एकको फोटो खिचेर अपलोड गर्नुस्

यसै गरी खल्तीको वेवपेजबाट पनि केवाइसी अपडेट गर्न सकिन्छ । 

Khalti.com मा तपाईंको मोवाइल नम्बर र पासवर्ड हालेर लगइन गरेपछि देव्रेपट्टि रहेको मेनुमा एकाउन्ट (Account) क्लिक गर्नुस् । त्यहाँ तपाईंलाई केवाइसी मेनु देखाउँछ । त्यसमा क्लिक गरेर माथि उल्लेख गरेजस्तै विवरण भरेर सेभ गर्नुस् ।

अब तपाईँको केवाइसी फर्म भर्ने काम सकियो । त्यसपछि खल्तीले तपाईँको केवाइसी फर्म भेरिफाइ गर्छ । अनि, तपाईँ खल्तिका सबै सुविधा उपयेग गर्न सक्नुहुन्छ ।

अझै खल्ती केवाईसी कसरी प्रमाणीकरण गर्ने बारे अन्योलमा हुनुहुन्छ? भिडियो हेर्नुहोस् :