1660-01-5-8888

कर भुक्तानी गर्न बिर्सनु त भएन? वा कर भुक्तानी गर्न सम्झिए तापनि अहिलेको महामारी र व्यस्त जीवनशैलीले ढिलाई भएको हो? हो भने, अब तपाईंले काठमाडौं महानगरपालिकाको  तिर्नुपर्ने सबै प्रकारका करहरू घरै बसेर तिर्न मिल्ने सुविधा Khalti ले लिएर आएको छ। यस सुविधा उपलब्ध भए लगत्तै तपाइले समयको बचत गरी बिना झन्झट Khalti App मार्फत् कर भुक्तानी गर्न सक्नुहुन्छ। 

 

(कर भुक्तानी गर्नु पुर्व तपाइले आफ्नो नाम करदाता पोर्टलमा कर दाताको रूपमा दर्ता गराएको भने हुनुपर्नेछ।)

 

आफ्नो नाम करदाता पोर्टलमा कसरी दर्ता गराउने ?

 

तपाइले करदाता पोर्टलको वेबसाइट  https://eservice.kathmandu.gov.np मा गएर  आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी सहजै करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।

 

काठमाडौं महानगरपालिकाको कर भुक्तानी गर्न के गर्ने?

 

करदाता पोर्टलमा दर्ता कार्य सम्पन्न भएपछि तपाइले तल बताइएको तरिका अनुसार कर भुक्तानी गर्न सक्नुहुनेछ:

१) करदाता पोर्टलमा username र password हालेर login गर्नुहोस्।

२)त्यहाँ उपलब्ध भएको जस्तै : जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसाय मध्ये एक छनोट गर्नुहोस् । 

३) तपाइलाई  करदाता विवरण प्राप्त हुनेछ।

४) करदाता विवरण प्राप्त भए पश्चात भुक्तानीमा ट्याप गर्नुहोस्।

५) करको प्रकार छनोट गरी कर निर्धारण गर्नुहोस्।

६) तपाइको करको मुल्यांकन सफलतापूर्वक हुनेछ।

७) भुक्तानी विकल्पहरूमा Khalti छनौट गर्नुहोस्।

८) सम्पूर्ण विवरण पुनः जाँच गरी सहि भएमा भुक्तानी गर्नुहोस्।

 

यसरी तपाइको सफलतापूर्वक कर भुक्तानी हुनेछ।

  

तपाइले यस प्रणालीबाट निश्चिन्त भएर भुक्तानी गर्न सक्नुहुनेछ। तपाइले गर्नुभएको कारोबार पूर्ण रुपमा सुरक्षित छ ।

 

आजै Khalti संग जोडिएर सरल र सुरक्षित तरिकाबाट कर तिरौं। असल नागरिकको कर्तब्य पूरा गरौ।  Khalti छैन? Download now

 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.