1660-01-5-8888

के तपाइको Bluebook नवीकरण गर्ने समय भएको छ? Khalti सँग जोडिनुहोस् र लाइन बसी भुक्तानी गर्ने झन्झटबाट मुक्त हुनुहोस्।  तपाईंले Khalti App मार्फत तुरुन्तै Bluebook नवीकरण शुल्क तिर्नुहोस्।  

 

Khalti बाट कसरी गर्ने Bluebook नवीकरण शुल्क भुक्तानी?

तपाइले भुक्तानी गर्नु पुर्व सर्वप्रथम त आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन Vehicle Registration System (भीआरएस) गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या टिएमएस् वेबसाइट https://tmis.bagamati.gov.np/ मार्फत सहजै गर्न सकिन्छ। 

 

रजिष्टर कार्य सम्पन्न भएपछि तपाइले तल बताइएको तरिका अनुसार सजिलै भुक्तानी गर्न सक्नुहुनेछ: 

१) Khalti को Homescreen मा रहेको Government services मा जानुहोस्।

२) ‘Bluebook Renewal’ मा ट्याप गर्नुहोस्।

३) आवश्यक विवरण दाखिला गरेर Get Details मा ट्याप गर्नुहोस्।

४) सम्पूर्ण विवरण पुनः जाँच गरेर भुक्तानी गर्नुहोस्।

 

विवरण भर्दा केही अन्योल या जिज्ञासा भएमा तपाईले स्याम्पल बिलको मद्धत लिन सक्नुहुनेछ। भुक्तानी गरेपछि तपाइले तिर्नुभएको करको Khalti Receipt बिल; खल्ती होमपेजको ट्रान्ज्याकशन मा गई तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ भने औपचारिक बिल १० मिनेटमा प्राप्त हुनेछ।

 

थप प्रक्रियाको लागि तपाईले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुहोला। 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.