यस्तो लकडाउनको बेला सामाजिक सुरक्षा कोष मा रकम कसरी भुक्तानी गर्ने होला भनेर सोचिरहनुभएको छ ? यदि त्यसो हो भने, चिन्तित नहुनुहोस्। किनभने अब Khalti Digital Wallet ले काेषमा आवद्ध संगठित संस्थाहरूले आफ्ना कर्मचारीकाे तलबबाट मासिक निश्चित रकम सिधै काेषमा जम्मा गर्न सकिने सुविधा ल्याएको छ। यस अघि कोषमा पैसा जम्मा गर्नका लागि चर्को घाममा र बर्खे पानीमा लामो लाइन बसी हैरानी खेप्नुपर्थ्यो। अब भने तपाइले Khalti बाट घरमै बसी कोषमा रकम जम्मा गर्न सक्नुहुन्छ। तपाइले उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्त्तानी गरिसक्नुपर्नेछ। नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठन लाइ निश्चित रकम जरिवाना लाग्नेछ। त्यसैले Khalti बाट समयमै रकम भुक्तानी गरौ र जरिवाना बाट छुटकारा पाऔं।
Khalti बाटै सामाजिक सुरक्षा कोष मा रकम किन भुक्तानी गर्ने?
- जारी निषेधाज्ञाको बीच घरैबाट तुरुन्तै रकम भुक्तानी गर्न सकिने
- Khalti Digital Wallet बाट सम्पूर्ण कारोबार गरी सरुवा रोगहरुबाट टाढै बस्न सकिने
- परम्परागत शैलीमा लाइन बस्ने दिक्दारीबाट पूर्णरुपमा छुटकारा पाइने
त्यसैले Khalti प्रयोग गरि रकम तुरुन्तै भुक्तानी गर्नुहोस र आफ्नो अमुल्य समय र शक्ति बचाउनुहोस। सम्पूर्ण कारोबार Khalti बाट गरि कोभिड-१९ जस्ता घातक रोगहरु बाट आफु पनि बचौं अरुलाइ पनि बचाऔ।
Khalti बाट सामाजिक सुरक्षा कोष मा शुल्क कसरी भुक्तानी गर्ने?
- १. Khalti को खातामा लग इन गरि “Popular Services” मा क्लिक गर्नुहोस्
- २. त्यसपछि “Social Security Funds” मा टयाप गर्नुहोस्
- ३. Product details भित्र देखाइएको “Submission Numbers” मा आफ्नो नम्बर भर्नुहोस्
- ४. अब “Next” बटन मा थिच्नुहोस्
- ५. सबै विवरण ठिक भएमा, देखाइएको “Confirm Payments” अप्सन मा ट्याप गर्नुहोस्
- ६. बधाई छ! अब तपाइको सामाजिक सुरक्षा कोष मा रकम सफलतापुर्वक भुक्तानी भइसकेको हुनेछ।
Khalti बाट पैसा लोड गर्दा समयको बचत हुने र यो महामारीको बेला सामाजिक दुरीको नियम पनि पालना हुने। छैन त फाइदै फाइदा ?
खल्तीमा रकम लोड गर्ने तरिका थाहा पाउनका लागि यो लिंकमा क्लिक गर्नुहोस।
आजै ‘Khalti’ एप डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी सजिलै गर्नुहोस। गुगल प्ले स्टाेर वा एप्पल स्टाेर बाट याे एप डाउनलोड गर्न सकिन्छ।