1660-01-5-8888

अब तपाईंले Tribhuvan University Service Commission (त्रि.वि. सेवा आयोग) को प्राध्यापक, सहप्राध्यापक, तथा उप-प्राध्यापक पदको पदपूर्ति दरखास्त फारम अनलाइन भरी Khalti Digital Wallet मार्फत भुक्तानी गर्नसक्नुहुनेछ। यस ब्लग मार्फत तपाईंको आवेदन बुझाउने प्रक्रिया अझै सहज हुने आशा गर्दछौं।

 

Step 1 : सर्वप्रथम,

खुला प्रतियोगिताको लागि vacancies.tuservicecommission.edu.np/teacheropen मा जानुहोस्।

आन्तरिक प्रतियोगिताको लागि vacancies.tuservicecommission.edu.np/teacherinternal मा जानुहोस्।

त्यहाँ “दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु” ध्यान दिएर पढ्नुहोस् र त्यसपछि त्यो Pop-Up विन्डो बन्द गरिदिनुहोस्।

step 1 दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु

step 1 दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु

 

Step 2 : त्यहाँ दायाँ छेउमा रहेकाे New Registration मा क्लिक गर्नुहाेस् । त्यहाँ तपाईंकाे नाम, इमेल र क्याप्चा हालेर Account बनाउनुहाेस्।

(आफ्नो व्यक्तिगत इमेल ठेगाना राख्नुहोला !!)

step 2 पदपूर्ति दरखास्त

Step 3: अब तपाईको इमेल ठेगानामा पासवर्ड बनाउने र लग इन गर्ने जानकारी पठाइएको हुनेछ। आफ्नो माथि लेख्नुभएको इमेलमा आएको इमेल हेर्नुहोला !!

step 3पदपूर्ति दरखास्त

 

Step 4 : इमेल हेरी त्यहाँ भने अनुसार गर्नुहोस। त्यसपछि Reset Password मा क्लिक गर्नुहोस्।

step 4 पदपूर्ति दरखास्त

Step 5 : त्यहाँ भनिए अनुसार आफ्नो नयाँ Password बनाई फेरी Re – Confirm गरी Save मा क्लिक गर्नुहाेस् ।

step 5 पदपूर्ति दरखास्त

 

Step 5 : तपाईंकाे ईमेलPassword टाइप गर्नुहोस् त्यसपछि Login मा क्लिक गर्नुहाेस् ।

step 5 पदपूर्ति दरखास्त

Step 6 : त्यहाँ तपाईले बिभिन्न विज्ञापनको विवरण देख्नुहुनेछ।  ती विज्ञापन मध्य आफूले दरखास्त दिन चाहेकाे पदकाे दायाँ छेउमा रहेकाे Apply मा क्लिक गर्नुहाेस् ।

step 6 पदपूर्ति दरखास्त

Step 7 : त्यसपछि आवेदन फाराम देखिने छ । सबै ट्याबहरू ठीकसँग भर्दै जानुहाेस् र Save and Next क्लिक गर्नुहोस् ।

step 7 पदपूर्ति दरखास्त

 

Step 8 : यसपछि भुक्तानीको माध्यममा Khalti छनौट गर्नुहोस्। तपाईंकाे Khalti Digital Wallet काे खातामा रहेकाे UsernameKhalti Pin प्रयाेग गरेर Log-in गर्नुहाेस् अनि आवेदन शुल्क भुक्तानी गर्नुहाेस् । Khalti Pin यस प्रकार सेट गर्न सक्नुहुन्छ !! 

(Khalti खाता छैन भने कसरी बनाउने जान्न यहाँ क्लिक गर्नुहोस्। )

step 8 पदपूर्ति दरखास्त

 

Step 9 : Khalti बाट भुक्तानी गरिसकेपछि तपाईंले भर्नुभएको बिज्ञापन देख्नुहुनेछ !  अन्य विज्ञापन हेर्न दायाँ तिर रहेको सबै विवरण हेर्नुहोस् मा क्लिक गर्नुहोस् ।

step 9 पदपूर्ति दरखास्त

 

भुक्तानी गर्दा चाहिने Khalti Pin नयाँ बनाउन वा पुरानो बिर्सिएको भए बदल्न: Go to more in Khalti App’s Home screen > Settings > Khalti Pin

Khalti set pin पदपूर्ति दरखास्त

दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा Khalti को पैसा नलाग्ने टाेल फि नम्बर 16600158888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्।: Khalti.com/app