1660-01-5-8888

तपाईंको वालिङ नगरपालिकाको राजस्व करलगायत नगरपालिकामा तिर्नुपर्ने सबै प्रकारका सेवा शुल्क अब घरमै बसेर खल्ती डिजिटल वालेट एप डाउनलोड गरी भुक्तानी गर्न सक्नुहुन्छ। खल्तीबाट रकम भुक्तानी गर्दा अतिरिक्त शुल्क तिर्नु पर्दैन साथै समयमा शुल्क नतिर्दा लाग्ने जरिवानाबाट समेत बच्न सकिन्छ । यसको लागि तपाईंको फोनमा इन्टरनेट भए पुग्छ। औंलाले एक ट्याप गरेकाे भरमा सबै प्रकारका शुल्क भुक्तानी गर्न सक्नुहुन्छ र लामाे लाईन बस्ने झण्झटबाट पनि मुक्ति पाउनुहुनेछ। 

 

खल्तीबाट वालिङ नगरपालिकाको कर कसरी तिर्ने?

  • खल्ती एप वा खल्ती डटकम वेब पेज khalti.com/login मा जानुहोस् । साइन अप गर्नुभएको छैन भने गर्नुहोला।
  • त्यहाँ एपको गृहपृष्ठमा, “सरकारी सेवाहरू (Government Services)” मा जानुहोस् ।
  • त्यहाँ “वालिङ नगरपालिका (Waling Municipality) मा ट्याप गर्नुहोस्
  • अब तपाइँको करदाता परिचय नम्बर (Tax Payer ID) भरि “विवरण प्राप्त गर्नुहोस्” मा ट्याप गर्नुहोस्।
  • तपाईंकाे ब्यक्तिगत विवरण र भुक्तानी गर्नुपर्ने रकम देखिने छ ।
  • विवरणहरू मिल्याे कि मिलेन भनेर रूजु गर्नुहोस् । मिल्याे भने “चेक आउट” मा ट्याप गर्नुहोस्।
  • त्यसपछि कुन माध्यमबाट भुक्तानी गर्ने भनेर एउटा विकल्प छान्नुहोस् । विकल्प छानिसकेपछि “Submit” मा ट्याप गर्नुहोस्।
  • तपाईंको वालिङ नगरपालिकाकाे राजस्व तुरून्त भुक्तानी हुनेछ ।

 

यसरी नै यस एपको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।

English मा जानकारी का लागि पढ्नुहोस: Now pay Waling Municipality taxes easily with Khalti! 

 

खल्ती एप छैन? दुइ मिनेटमा खल्ती एप डाउनलोड गरी खाता बनाउनुहोस् ।

 

खल्तीमा पैसा छैन? मोबाइल बैंकिंग, इ-बैंकिंग, तथा थुप्रै माध्यमबाट पैसा हाल्नुहोस्।