1660-01-5-8888

तपाइँकाे नेपाल बैंकमा खाता छ भने अब ‘खल्ती ‘माेवाइल वालेटमार्फत सिधै तपाइँले खरिद गरेकाे बस्तु तथा सेवाकाे भुक्तानी दिन वा नगद पठाउन सक्नु हुने भएकाे छ । खल्तीले नेपाल बैंक सँग भुक्तानी सेवाका लागि सम्झाैता गरेर सेवा सुरू गरिसकेकाे छ ।

खल्तीले नेपाल बैंककाे खातालाई ‘खल्ती ‘माेवाइल एपसँग जाेड्दा तपाईंलाई लेनदेन काराेबार गर्न निकै सजिलो हुनेछ। यसले तपाईंको समय बचत गर्न मद्दत गर्दछ । तपाईंलाई हरेक पटक काराेबार गर्दा वित्तीय विवरणहरू टाइप गर्ने झण्झट पर्ने छैन । तपाइँलाई बैंक वा अरू माध्यमबाट खल्तीमा नगद जम्मा गर्ने झण्झट  हुने छैन ।

‘खल्ती ‘ लाई नेपाल बैंककाे खातामा जाेडेपछि सीधै रकम स्थानान्तरण (Transfer) गर्न, ‘खल्ती ‘माेवाइल एपमा भएका सबै सेवाहरू प्रयाेग गरेबापतकाे शुल्क भुक्तानी गर्न, परिवारका सदस्य, आफन्त र साथीभाइलाई नगद पठाउन सकिन्छ । यी सबै काम गर्न ‘खल्ती ‘ वालेटमा छुट्टै पैसा लोड गर्नुपर्दैन। तपाईले नेपाल बैंकको  खातालाई खल्तीकाे खातामा लिंक मात्रै गर्नु पर्छ। यसाे गर्दा तपाईको नेपाल बैंककाे खातामा रहेकाे ब्यालेन्सबाट सिधै रकम भुक्तानी गर्न र रकम स्थानान्तरण (Transfer) गर्न सकिन्छ। यसबाहेक ‘खल्ती ‘Bank Direct बाट तपाईले ‘खल्ती ‘वालेटमा सिधै लिंक गरिएको नेपाल बैंककाे खाताबाट नगद लोड गर्न सक्नुहुनेछ ।

 

नेपाल बैंक काे खाता ‘खल्ती’ मा कसरी लिंक गर्ने?

  • ‘खल्ती’ खाता र नेपाल बैंककाे खाता जाेड्न दुवैतिर तपाइँकाे नाम र मोबाइल नम्बर एउटै हुनुपर्छ।
  • ‘खल्ती ‘माेवाइल वालेट वा khalti.com मा साइन अप गर्नुहोस् । ‘खल्ती ‘माेवाइल एप वा khalti.com बाट लग इन गरेर वेब ड्यासबोर्डमा जानुहाेस् ।
  • गृह पृष्ठमा गएर “Link Bank Account” मा ट्याप गर्नुहोस्।
  • “Link Bank Account” मा ट्याप गर्नुहोस् र नेपाल बैंकलाई छान्नुहाेस् । .
  • नेपाल बैंक छनौट गरेपछि, तपाईंको बैंक खाता नम्बर प्रविष्ट (Entry) गर्नुहोस् । त्यहाँ तपाइँकाे नाम र मोबाइल नम्बर खल्तीकाे KYC बाट स्वचालित रूपमा आउँछ ।
  • सबै विवरणहरू भर्नुहाेस् । त्यसपछि Submit बटन थिच्नुहाेस् ।
  • तपाइँको मोबाइल नम्बरमा एउटा एक पटक मात्र प्रयाेग गर्न मिल्ने पासवर्ड (OTP ) प्राप्त हुनेछ।
  • प्राप्त भएकाे OTP कोडलाई हाल्नुहाेस् ।
  • अब तपाइँको बैंक खाता तपाइँको ‘खल्ती ‘वालेटमा सफलतापूर्वक जोडिनेछ।

 

कसरी Bank Direct प्रयोग गरी नेपाल बैंककाे खताबाट ‘खल्ती ‘वालेटमा पैसा लोड गर्ने?

  • साइन अप गर्नुहोस् । ‘खल्ती ‘एपबाट वा Khalti.com वेब ड्यासबोर्डबाट लगईन गर्नुहोस् ।
  • गृहपृष्ठमा “Load Funds” मा ट्याप गर्नुहोस् र “Linked Account” चयन गर्नुहोस्।
  • तपाईले लोड गर्न चाहनुभएको रकम हाल्नुहाेस् । त्यहाँ remarks मा केही कुराहरू भर्नुहोस् ।
  • अब तपाईंको  ‘खल्ती ‘वालेटमा तत्काल नगद जम्मा हुन्छ ।