1660-01-5-8888

तपाईँकाे ‘खल्ती‘ वालेटमा दुई थरी ब्यालेन्स हुन्छ । एउटा प्राथमिक र माध्यमिक (Secondary) । तपाईँले ‘खल्ती’मा विभिन्न माध्यमबाट लाेड गर्नु भएकाे नगद प्राइमरी ब्यालेन्स हाे । 

सेकेन्डरी ब्यालेन्स चाहीँ तपाईँले कमाउनु भएकाे हाे । यसरी तपाईँ विभिन्न तरिकाले ‘खल्ती’मा नगद जम्मा गर्न सक्नुहुन्छ । ती माध्यम हुन्ः

  • ‘खल्ती’मा उपलब्ध सेवाहरूकाे भुक्तानी गर्दा तपाईँले प्राप्त गर्नु भएकाे नगद फिर्ता (Cash Back) ।
  • ‘खल्ती’ले उपलब्ध गराएका कुपनहरू प्रयाेग गर्दा । 
  • क्रेडिट कार्ड प्रयाेग गरेर ‘खल्ती’ वालेटमा नगद लाेड गर्दा । 
  • ‘खल्ती’का विभिन्न स्थानमा रहेका सेवा केन्द्रमा गएर रकम डाेड गर्दा ।

 

‘खल्ती’काे प्राथमिक र माध्यमिक ब्यालेन्स कसरी काम गर्छ ? 

तपाईँसँग प्राइमरी ब्यालेन्स छ भने ‘खल्ती’ मार्फत खरिद गरिने बस्तु तथा सेवाकाे भुक्तानी गर्न, परिवारका सदस्य, अाफन्त तथा साथीभाइलाई नगद पठाउन र रेमिटान्स पठाउन प्रयाेग गर्न सक्नुहुन्छ । 

यदि तपाईँसँग ‘खल्ती’ वालेटमा सेकेन्डरी ब्यालेन्स छ भने पहिले तपाईँले गर्नु पर्ने भुक्तानी त्यही ब्यालेन्सबाट काटिन्छ । त्यसमा ब्यालेन्स नभए मात्र प्राइमरी ब्यालेन्सबाट भुक्तानी हुन्छ । 

उदाहरणका लागिः  सेकेन्डरी ब्यालेन्समा रहेकाे नगद स्वतन्त्र रूपमा कसैलाई पठाउन वा ‘खल्ती’काे सेवा प्रयाेग गरेबापत भुक्तानी दिन प्रयाेग गर्न सकिँदैन । याे प्राइमरी ब्यालेन्समा निर्भर रहन्छ । 

Khalti Primary and Secondary Balance

 

‘खल्ती’मा रहेकाे प्राथमिक र माध्यमिक ब्यालेन्स कसरी हेर्ने ?

तपाईँ ‘खल्ती’ एपकाे प्राेफाइल पेजमा गएर तपाईँकाे खातामा  प्राथमिक र माध्यमिक ब्यालेन्स कति छ भनेर हेर्न सक्नु हुन्छ । त्यहाँ  प्राेफाइल पेजमा रहेकाे More मा जानुहाेस् । त्यहाँ तपाईँकाे कुल ब्यालेन्स, मुख्य ब्यालेन्स, सेकेन्डरी ब्यालेन्स र ‘खल्ती’ प्वाइन्टस् देखाउने छ । तपाईँ  ‘खल्ती’ एपकाे हाेम पेजमा पनि तपाईँकाे कुल उपलब्ध ब्यालेन्स देख्न सक्नुहुनेछ । 

केही समस्या भए हाम्राे टिमलाई सम्पर्क गर्नु हाेलाः

टाेल फ्रि नम्बरः १६६०-०१-०५-८८८८

फाेनः ०१-५९७००१७

ह्रवाट्स एप /भाइबर/ एसएमएस /कलः ९८०११६५५६१

इमेल: support@khalti.com

तपाईंको खल्ती आइडी छैन ? दुई मिनेटमै खल्तीमा अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोला

‘खल्ती’को KYC form कसरी भर्ने ? जानकारीका लागि यहाँ जान सक्नुहुनेछ