Motorola Nepal and Khalti announce partnership

मोटोरोलाको नयाँ स्मार्टफोन किन्दा दुई हजार रुपैयाँसम्म खल्तीमा पाइने

नयाँ स्मार्टफोनका ग्राहकलाई डिजिटल भुक्तानीको सेवा दिन भन्दै मोटोरोला नेपाल र खल्तीले सहकार्य गरेका छन्।

जसअनुसार मोटोरोलाका चार मोडेलका स्मार्ट फोन किन्दा दुई हजार रुपैयाँसम्मको रकम खल्तीमा फिर्ता हुनेछ।  मोटो सी, मोटो सी प्लस, मोटो ई ४ र मोटो ई ४ प्लस गरी चार फोनमा यो लागू भएको कम्पनीले जनाएको छ।

खल्ती एपमा भएको पैसाले मोबाइल रिचार्ज गर्न, खानेपानी, बिजुली, इन्टरनेट बिल, फिल्म टिकट खरिद लगायतमा भुक्तानी गर्न सकिन्छ।

‘हामीले केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरेका छैनौँ, दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोनको प्रयोगमा प्रोत्साहन गरेका छौँ’ नेपालका लागि मोटोरोलाको आधिकारीक बिक्रेता ‘लाईफ कम’का प्रवन्ध निर्देशक अमित अग्रवालले भने।

खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न यो सम्झौताले मद्दत पुग्ने बताए।

स्मार्टफोन र क्यास ब्याक विवरणः
स्मार्टफोन मोडेल अधिकतम मूल्य क्यास ब्याक
मोटो सी रु १०,९९० रु १,०००
मोटो सी+ रु १३,४९० रु १,०००
मोटो ई४ रु १५,२९० रु १,५००
मोटो ई४+ रु १९,९९० रु २,०००

This article was originally published at Setopati.

Facebook Comments
मोटोरोलाको नयाँ स्मार्टफोन किन्दा दुई हजार रुपैयाँसम्म खल्तीमा पाइने

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *