1660-01-5-8888

आफ्नो ग्राहकलाई Khalti Refer गरि थुप्रै आम्दानी गर्ने मौका पाउनुहोस्। धेरै भन्दा धेरै ग्राहकलाई Khalti रिफर गरि हरेक रिफर मा रू. ४० सम्म बोनस कमाउनुहोस्।    

तपाईंहरुलाई थप आम्दानीको वातावरण प्रदान गर्ने उदेश्यका साथ Khalti Refer & Earn योजना सन्चालन गरेका छौँ। यस योजना अन्तर्गत धेरै भन्दा धेरै ग्राहकलाई Khalti रिफर गरि Khalti प्रयोगकर्ता बनाउनुहोस्। ग्राहकले Sign-up देखि पहिलो भुक्तानी पुरा भएसम्मको प्रक्रिया पुरा गरि रू. ४० सम्म प्राप्त गर्नुहोस्। 

तपाईंको Khalti को referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले Khalti मा Signup गरि  KYC verify, Load Money र Payment पुरा गर्दा तपाईंले रु. ४० प्राप्त हुनेछ:

बोनस पाइने ३ चरण:  Bonus  कसले पाउने?
KYC (Sign up गरेको ७ दिन भित्र गरेमा)  रू.  २० पसल 
Load Money रू.  १० पसल 
First Payment रू.  १० पसल

 

अफरमा कसरी भाग लिने ?

 

तपाईंले सजिलै तल बताइएको तरिका अनुसार Refer & Earn गर्न सक्नुहुन्छ : 

१) Khalti app को Home Screen को Menu मा  जानुहोस्।

२) Add Consumer मा ट्याप गर्नुहोस्।

३) विवरण भरि “Add” मा ट्याप गर्नुहोस्।

४) अब  तपाईंले जो कोहीलाई पनि कुनै पनि messaging app जस्तै Whatsapp, Viber, Messenger, SMS मार्फत् आफ्नो referral link share गर्न सक्नुहुनेछ।

 

बोनस कसरी प्राप्त गर्ने ?

 

 तपाईंले सेयर गर्नु भएको लिंक बाट ग्राहकले signup गर्नुपर्छ। सोहि ग्राहकले signup गरेको सात दिन भित्र KYC verify गर्दा  पसलले रु. २० प्राप्त गर्नुहुनेछ। त्यसपछि सोहि ग्राहकले आफ्नो Khalti ID मा पैसा लोड गरेमा पसलले थप रु. १० प्राप्त गर्नुहुनेछ। अन्तिम चरणमा तपाईको ग्राहकले आफ्नो पहिलो भुक्तानी पुरा गरेमा पसलले थप रु. १० प्राप्त गर्नुहुनेछ।

 

T & C (नियमहरु)

 

१) यस कार्यक्रममा सहभागी हुनकालागि तपाईले आफ्नो referral link ग्राहकलाई WhatsApp, Viber, Messenger, SMS वा अन्य कुनै मेसेजिङ प्लेटफर्म प्रयोग गरी सेयर गर्नुपर्नेछ।

२) तपाईंको referral link प्रयोग गरि गरिएको  Signup, KYC verify, Load र Payment गरि मात्र बोनस प्राप्त हुनेछ। 

३) ग्राहकले रू. १०० वा बढीको रकम लोड गरि भुक्तानी गर्नुपर्नेछ।

४) यो अफर Khalti Pasal लाई मात्र उपलब्ध छ। 

५) Download गरेको १४ दिन भित्र  Sign-up गरे मात्र Bonus प्राप्त हुनेछ भने Sign-up गरेको सात दिन भित्र गरिएको KYC Verification गरि थप बोनस प्राप्त हुनेछ।

६) यदि  तपाईं app sharing option जस्तै Share It, Xender आदि मार्फत share गरिएका एपहरू मार्फत साइन अप गर्दै हुनुहुन्छ भने तपाईंले बोनस प्राप्त गर्नुहुने छैन।

७) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

८) यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

९) यदि रिफर गर्ने लिंकमा केहि परिवर्तन भइ  signup गरिएमा त्यो लिंक बाट गरिएको signup मान्य हुने छैन र साथै हरेक रिफरल लिंक unique हुनेछ।  

१०)  Khalti लाई KYC प्रमाणीकरणका लागि पेश गरिएका कागजातहरू सत्य नभएमा वा प्रमाणीकरणका लागि उपलब्ध गराइएका कागजातहरूको दुरुपयोग गरि उपलव्ध गराईएमा वा अरुको कागजात दुरुपयोग भएको भन्ने  मनासिव आधार-कारणहरु भएमा, खल्तीसँग त्यस्तो refer गर्ने र प्रयोगकर्ताले अभियानभरि कमाएको रकम रोक्का राख्ने वा रद्द गर्ने र सो विरुद्दमा उचित कानुनी कारबाहीको बाटो अबलम्बन र्ने अधिकार छ। सो भन्दा पहिला सम्वन्धित व्यक्तिलाई मनासिव सफाई दिने मौका दिईनेछ ।

११) अरुको कागजातको दुरुपयोग, गरि, झुक्काई, वा झुट्टा प्रमाणहरु पेश गरी  खाता खोलेको भेटिएमा खल्तीले त्यस्ता खाताहरु तुरुन्त निष्क्रिय (ब्लक)  गर्नेछ ।

१२) Khalti ले राखेको शर्तहरु भन्दा अरु कुनै किसिमका प्रलोभन वा झुक्यानमा पारी refer गर्न पाईने छैन । यसरी झुक्यान वा प्रलोभनमा परि खाता खोलेकोमा सम्वन्धित व्यक्ति र refer गर्ने व्यक्ति जिम्मेवार हुनेछन् ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.