तपाईँले मेवाइलमा खल्ती एप डाउनलोड गरेर काराेबार गर्दै आउनु भएको हाेला । खल्तीले दिने सबै सुविधा उपभोग गर्न भने तपाईँले केवाइसी फर्म भर्नै पर्छ । ग्राहक पहिचान गर्न भरिने केवाइसी (KYC) फर्म खल्तीले आफ्नो
लागि नभइ राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य गरेको हो । अवैधानिक तरिकाबाट कमाएको पैसा कसैले वालेटमा नलुकाउन् भनेर ग्राहकलाई स्पष्ट रूपमा चिन्न यस्ताे फर्म भराइन्छ । यस्तै फर्म बैंकमा खाता खोल्दा, सेयर काराेबार गर्दा पनि भर्नु पर्छ ।
धेरैले यस्तो फर्म भर्न झण्झट मान्ने गरेको देखिन्छ । यो फर्म भर्न सजिलो छ । दुइ मिनटमै फर्म भर्न सकिन्छ ।
खल्ती वालेटमा केवाइसी फर्म भरेपछि
- खल्ती वालेटबाट ५००० भन्दा माथिको कारोबार गर्न सकिन्छ ।
- एटिएम कार्डबाटै खल्ती वालेटमा पैसा लोड गर्न सकिन्छ ।
- खल्तीको रेमिटान्स सेवा प्रयोग गरेर पैसा पठाउन सकिन्छ ।
- खल्ती वालेटमा बैंक खातालाइ जोड्न सकिन्छ । यसपछि बैंकबाट सिधै काराेबार गर्न सकिन्छ ।
- खल्ती वालेटमा भएको नगद बैंक खातामा पठाउन सकिन्छ ।
- विभिन्न कम्पनीहरूले दिने बोनस अफरमा पाइने कुपन उपयोग गर्न सकिन्छ ।
कसरी भर्ने केवाइसी फर्म ?
- खल्ती वालेट खोलेर मोर (More) मा जानुहाेस् ।
- त्यसपछि केवाइसी फर्ममा click गर्नुहाेस् ।
- यहाँ आफ्नो¸ बुवा, आमा र हजुरबुवाको नाम भर्नुहाेस् ।
- त्यसपछि आफ्नो जन्म मिति र ठेगाना भर्नुहाेस् ।
- त्यसपछि तपाईँको परिचय दिने नागरिकता, पासपोर्ट वा लाइसेन्स मध्ये कुनै एकको फोटो खिचेर अपलोड गर्नुस्
यसै गरी खल्तीको वेवपेजबाट पनि केवाइसी अपडेट गर्न सकिन्छ ।
Khalti.com मा तपाईंको मोवाइल नम्बर र पासवर्ड हालेर लगइन गरेपछि देव्रेपट्टि रहेको मेनुमा एकाउन्ट (Account) क्लिक गर्नुस् । त्यहाँ तपाईंलाई केवाइसी मेनु देखाउँछ । त्यसमा क्लिक गरेर माथि उल्लेख गरेजस्तै विवरण भरेर सेभ गर्नुस् ।
अब तपाईँको केवाइसी फर्म भर्ने काम सकियो । त्यसपछि खल्तीले तपाईँको केवाइसी फर्म भेरिफाइ गर्छ । अनि, तपाईँ खल्तिका सबै सुविधा उपयेग गर्न सक्नुहुन्छ ।