तपाईंकाे Khalti मा जम्मा भएकाे रकम बैंक खातामा जम्मा गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने तपाईंले Khalti माेवाइल वालेट एप तथा Khalti काे वेबपेज Khalti.com दुबैबाट नगद बैंक खातामा सजिलै जम्मा गर्न सक्नु हुन्छ ।
Khalti Wallet बाट रकम बैंक खातामा जम्मा कसरी गर्ने:
- Khalti माेवाइल एप खाेल्नुहाेस् । त्यसकाे दायाँपट्टि माथिल्लाे भागमा रहेकाे Bank Transfer मेनुमा ट्याप गर्नुहाेस् ।
- त्यसपछि Select Bank मा ट्याप गर्नुहाेस् । अनि तपाईंले नगद पठाउन चाहनु भएकाे खाता रहेकाे बैंक छनाैट गर्नुहाेस्।
- त्यहाँ रहेकाे फर्ममा खातावालाकाे नाम, खाता नम्बर, पठाउन चाहेकाे नगद, पठाउनुकाे उद्देश्य भर्नुहाेस् । त्यसपछि अरू केही कुरा लेख्नु छ भने Remarks मा लेख्नुहाेस् ।
- त्यसपछि Bank Transfer मा ट्याप गर्नुहाेस् । तपाईंले भर्नु भएकाे विवरण सिस्टमले ठिक छ कि छैन हेर्छ ।
- सबै विवरण सही भए तपाईंसँग एपले पासवर्ड माग्छ । आफूले पहिल्यै सेट गर्नु भएकाे पासवर्ड भर्नुहाेस् । ( तपाईंले पासवर्डको सट्टा माेवाइल अनुसार बायाेमेट्रिक/फिंगरप्रिन्ट पनि राख्न सक्नुहुन्छ। )
- पासवर्ड राखेर काराेबार स्वीकार गर्नुहाेस् वा बायाेमेट्रिकले स्वीकार गर्नुहाेस् ।
- अब तपाईंकाे Khalti बाट बैंक खातामा नगद ट्रान्सफर हुनेछ।
Khalti.com वेबसाइटबाट बैंक खातामा नगद जम्मा गर्नः
- Khalti.com मा username र पासवर्ड हालेर लग इन गर्नुहाेस् ।
- मुख्य पेजकाे दायाँतिर सबैभन्दा माथिल्लाे भागमा रहेकाे Bank Transfer मेनुमा Click गर्नुहाेस् ।
- त्यसपछि रकम पठाउन चाहेकाे बैंककाे नाम छनाैट गर्रनुहाेस् । त्यसपछि फर्ममा खातावालाकाे नाम, खाता नम्बर, पठाउन चाहेकाे रकम र Remarks भर्नुहाेस्।
- त्यसपछि माेवाइल वालेट वा इ-बैंकिंग वा माेबाइल बैंकिंगमध्ये कुन माध्यमबाट खातामा रकम पठाउने हाे, छान्नुहाेस् ।
- अब Validate and Submit मा click गर्नुहाेस् । बैंककाे सिस्टमले तपाईंले भर्नु भएकाे बिवरणा ठीक छ कि छैन भनेर भेरिफाइ गर्छ ।
- तपाईंकाे विवरण ठिक भए काराेबार स्वीकार गर्नुहोला अनि तपाईंकाे काराेबार पूरा हुनेछ। तपाईंले पठाउनु भएकाे खातामा रकम जम्मा हुन्छ ।
सम्झनुहाेस्:
तपाईंले माेबाइल वालेटबाट बैंक खातामा रकम पठाउनु अघि Know Your Customer (KYC) फर्म भरेकाे हुनुपर्छ ।
Popular on Khalti Blog Now:
Are you risking your financial health by not tracking your expenses?
5 top reasons why you should start paying bills online
अब सातै प्रदेशमा खानेपानीको अनलाईन बिल भुक्तानी सेवा, मोबाईलबाट यसरी तिर्नुहोस् एक मिनेटमै खानेपानी ...
Now pay directly from your ICFC Finance account with your Khalti Digital Wallet

