1660-01-5-8888

तपाईं इन्टरनेटको बिल कसरी तिर्नु हुन्छ ?

महिनैपिच्छे बिल तिर्न इन्टरनेट सेवा प्रदायकको कार्यालय धाउनु परेको छ ? अब घरमै मोवाइलबाटै इन्टरनेटको बिल तिर्न सकिन्छ । यस्तो सुविधा ‘खल्ती’ मोवाइल वालेटले दिएको छ । ‘खल्ती’ मोवाइल एपसँगै  khalti.com  वेवसाइटबाट पनि ‘खल्ती’को एकाउन्ट प्रयोग गरेर मुलुकका ४२ भन्दा बढी इन्टरनेट सेवा प्रदायकलाई इन्टरनेट बिल तिर्न सकिन्छ । ‘खल्ती’बाट विल तिर्दा १ देखि ३ प्रतिशतसम्म क्यासब्याक (नगद फिर्ता) समेत पाइन्छ । 

 

कसरी तिर्ने त मोबाइलबाटै इन्टरनेटको बिल ?

  • वालेटको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुहाेस् ।
  • त्यहाँ इन्टरनेट ठडिएको एन्टेनासहितको आइकोन भएको इन्टरनेट (Internet) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाईंले प्रयोग गर्दै आउनु भएको इन्टरनेट सेवा प्रदायकहरूकाे सूची देखिन्छ । तीमध्ये छनौट गर्नुहोस् । 
  • त्यसपछि सम्बन्धित कम्पनीले मागेको नाम, ठेगाना, कस्टमर आइडी, मोवाइल नम्बर, तिर्न लागेको रकमसहितको बिवरण भर्नुहोस् । 
  • यति बिवरण भरेपछि प्रविष्ठ (SUBMIT) गर्नुहोस् । यसपछि तपाईंको बिल भुक्तानी हुन्छ । 

यसरी तपाईंले जहाँसुकै बसेर आफूले प्रयोग गरेको इन्टरनेट बिल तिर्न सक्नुहुन्छ ।