1660-01-5-8888

घन्टौं लाइनमा बस्न पर्ने जमानाबाट बिस्तारै थुप्रै सुविधाको अनलाइन भुक्तानी सम्भव र सहज भए सँगै अब आन्तरिक राजस्व को भुक्तानी पनि अनलाइन सम्भव भएको छ !!

अब तपाईंले घरमै बसेर Khalti Digital Wallet App डाउनलोड गरी आन्तरिक राजस्व भुक्तानी गर्न सक्नुहुन्छ। यसको लागि तपाईंको फोनमा इन्टरनेट भए पुग्छ। औंलाले एक ट्याप गरेकाे भरमा सबै प्रकारका शुल्क भुक्तानी गर्न सक्नुहुन्छ र लामाे लाईन बस्ने झण्झटबाट पनि मुक्ति पाउनुहुनेछ।

 

 खल्तीबाट आन्तरिक राजस्व मा शुल्क भुक्तानी गर्ने तरिका :

१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइट  खोल्नुहोस् । 

inland-tax-online-payment-in-nepal-khalti

 

२. अब करदाता पोर्टलमा click गर्नुहोस्।

inland-tax-online-payment-in-nepal-khalti

 

३. Online E-Services मा रहेको “General” मा Click त्यसमा रहेको Tax Payer Login मा थिच्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

 

४. Login पेजमा स्थायी लेखा नम्बरप्रयोगकर्ताको नम्बरमा आफ्नो व्यवसायको स्थायी लेखा नम्बर (PAN Number) भरी पासवर्ड भरी अघि बढ्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

 

५. अब Payment Voucher मा click गर्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

 

६. रकम जम्मा हुने बैंकमा “नेपाल बैंक लिमिटेड” छान्नुहोस् र रकम बुझाउन चाहनुभएको करको प्रकार, राजस्व शिर्षक, र कर विवरण छानी राजस्व रकम भर्नुहोस्। आर्थिक बर्ष छानी “Generate Transaction Code” मा थिच्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

 

७. विवरण ठिक छ/छैन जाच गरी “Confirm” मा Click गर्नुहोस।

inland-tax-online-payment-in-nepal-khalti

 

८. अब पेजमा देखिएको Transaction Code टिपी खल्ती को Website वा App खोल्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

 

९ . App / Web मा रहेको Government Services मा रहेको “FCGO” मा click गर्नुहोस।

inland-tax-online-payment-in-nepal-khalti

 

१०. अब EBP Number मा अगि टिप्नुभएको Transaction Code भर्नुहोस् र शुल्क भारी “Get Details” मा थिच्नुहोस।

inland-tax-online-payment-in-nepal-khalti

 

 ११. देखाइएको विवरण ठिक भए “Check Out” मा Click गरी पेमेन्ट विकल्प छनौट गर्नुहोस् ।

inland-tax-online-payment-in-nepal-khalti

खल्ती एप छैन? दुइ मिनेटमा खल्ती एप डाउनलोड गरी खाता बनाउनुहोस् ।