1660-01-5-8888

तपाईँ बीमाको प्रिमियम समयमा तिर्न नसकेर ब्याज र जरिमाना तिर्न बाद्य हुनु भएको छ ? अब घरमै बसेर मोवाइलबाटै आफ्नो बीमा कम्पनीको प्रिमियम एक क्लिकमै तिर्न सकिने सुविधा ‘खल्ती’ मोवाइल वालेटले ल्याएको छ ।

‘खल्ती’ले मोवाइल एप र  वेव पेज दुवैबाट बीमाको प्रिमियम तिर्ने सुविधा उपलब्ध गराएको छ । कसरी तिर्ने त ‘खल्ती’बाटै प्रिमियम ?

 

‘खल्ती’को मोवाइल एपबाट बीमा कम्पनीको प्रिमियम तिर्न:

मोवाइलको ड्यासबोर्डमा रहेको युटिलिटी पेमेन्ट सेक्सनमा रहेको इन्स्योरेन्स (insurance) मेनुमा ट्याप गर्नुहोस् । त्यहाँ बीमा कम्पनीहरुको सूची देखिने छ । 

‘खल्ती’ले नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलाइन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्सलगायतका लाइफ इन्स्योरेन्स कम्पनी तथा नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्सलगायतका ननलाइफ इन्स्योरेन्स कम्पनीहरुको प्रिमियम तिर्न सकिने ब्यवस्था गरेको छ ।

‘खल्ती’ मोवाइल एपमा देखिने बीमा कम्पनीहरुमध्ये आफूले बीमा गरेको कम्पनी छनौट गरेपछि तपाईंले आफ्नो पोलिसी नम्बर, मोवाइल नम्बर वा अरु मागेको विवरण भर्नुपर्छ । यसरी आफ्नो बिबरण इन्ट्री गरेपछि सम्बन्धित बीमा कम्पनीको सिस्टमले भेरिफाइ गर्छ । त्यसपछि कम्पनीले देखाएको शुल्क तपाईंले भुक्तानी गर्न सक्नुहुन्छ । 

 

Khalti.com बाट बीमा कम्पनीको प्रिमियम तिर्न:

‘खल्ती’ डिजिटल वालेटले Khalti.com वेवपेजबाट पनि बीमा कम्पनीको प्रिमियम तिर्ने सुविधा उपलब्ध गराएको छ । 

  •  Khalti.com मा आफ्नो मोवाइल नम्बर र पासवर्ड हालेर लगइन गर्नुपर्छ । 
  • त्यसपछि तपाईको ‘खल्ती’ वालेट एकाउन्ट खुल्छ । ‘खल्ती’को ड्यासबोर्डमा गएपछि देब्रेपट्टि रहेको सर्भिस (service) मेनुमा क्लिक गर्नुस् । 
  • त्यहाँ सबमेनु इन्स्योरेन्स (insurance) देखाउँछ । त्यहाँ बिभिन्न बीमा कम्पनीहरुको सूची देखिन्छ । तीमध्ये तपाईंले आफूले बीमा गरेको कम्पनी छनौट गरेपछि तपाईंले आफ्नो पोलिसी नम्बर, मोवाइल नम्बर वा अरु मागेको विवरण भर्नुपर्छ । 
  • त्यहाँ तपाईँलाई प्रिमियम कुन माध्यमबाट तिर्ने भन्ने विकल्प उपलब्ध हुन्छ । तपाईँ प्रिमियम सिधै बैंक खाताबाट तिर्न चाहनु हुन्छ र तपाईंले इन्टरनेट बैंकिंग वा मोवाइल बैंकिंग सेवा लिनु भएको छ भने यी दुई विकल्पको छनौट गरेर प्रिमियम तिर्न सक्नु हुन्छ । 
  • यी दुवै सुविधा तपाईंले लिनु भएको छैन भने ‘खल्ती’ वालेटमा भएको ब्यालेन्सलाई प्रिमियम तिर्न प्रयोग गर्न सक्नु हुन्छ ।

‘खल्ती’ मोवाइल वालेटले अरु इन्स्योरेन्स कम्पनीसँग समेत अनलाइनबाटै प्रिमियम तिर्ने बनाउन सहकार्य गरिरहेको छ । ‘खल्ती’ले मोवाइलबाटै प्रिमियम तिर्ने सेवा उपलब्ध गराएपछि बीमा कम्पनीसम्म धाउने, लाइन बस्तु पर्ने झण्झटको अन्त्य भएको छ ।