अब तपाईंले नेपाल राष्ट्र बैंक ले विभिन्न पदमा मागेकाे आवेदन अनलाईन बुझाइ Khalti Digital Wallet मार्फत भुक्तानी गर्नसक्नुहुनेछ। यस ब्लग मार्फत तपाईंको आवेदन बुझाउने प्रक्रिया अझै सहज हुने आशा गर्दछौं।
Step 1 & 2 : सर्वप्रथम jobs.nrb.org.np/open मा क्लिक गर्नुहाेस्। त्यहाँ नयाँ पपअप विण्डाे (Pop-up Window) खुल्ने छ । त्यसमा अनलाईन (Online) मार्फत दरखास्त फाराम पेश गर्ने विधि र तरिका सम्बन्धि विवरण तथा ध्यान दिनुपर्ने विषयहरु दिइएकाे छ । त्यसलाई ध्यान दिएर पढ्नुहाेस् । त्यसपछि त्यस विण्डाेलाई बन्द गर्नुहोस् ।
Step 3: अब नेपाल राष्ट्र बैंक ले खुलाएका विज्ञापनकाे पद विवरण देखिने छ । ती विज्ञापनमध्ये आफूले दरखास्त दिन चाहेकाे पदकाे दाँया छेउमा रहेकाे Apply मा क्लिक गर्नुहाेस् ।
Step 4: त्यहाँ तपाईंकाे टाइटल, नाम, इमेल, नयाँ कुनै पासवर्ड र क्याप्चा हालेर एकाउन्ट बनाउनुहाेस्।
Step 5: तपाईंकाे एकाउन्ट बन्ने छ र तपाईंकाे User Name देखाउने छ । त्यसलाई सुरक्षित राख्नु हाेला । अब दरखास्त दिन चाहनुभएको पदको छेउमा रहेको Apply मा क्लिक गर्नुहोस्।
Step 6: त्यसपछि आवेदन फाराम देखिने छ । त्यसमा आफ्नाे नाम, ठेगाना, शैक्षिक याेग्यतालगायतका विवरण भर्दै जानुहाेस् । विवरण भर्न तपाईंकाे कम्प्युटरमा Bishall Font चाहिन्छ जुन नेपाल राष्ट्र बैंक काे आवेदन फारामकाे माथिल्लाे भागमा उपलब्ध छ । त्यसलाई आफ्नाे कम्प्युटरमा डाउनलाेड गरेर install गर्नुहाेस् । आवेदन फाराममा शैक्षिक योग्यताको विवरण र अनुभव सम्बन्धि विवरण फर्ममा उपलब्ध स्पेसले नपुगे नयाँ लाइन थपेर पनि भर्न सक्नुहुनेछ ।
Step 7 & 8: आफ्नो डकुमेन्ट्सहरु अपलोड गर्नुहोस् र Submit मा क्लिक गर्नुहोस् ।
Step 9: तपाईंकाे आवेदन सफल भयाे । अब तपाईंलाई आवेदन नम्बर उपलब्ध हुनेछ । यस पश्चात तपाईंले आवेदनलाई एडिट गर्न सक्नुहुन्न । अब भुक्तानीका लागि Click Here मा वा View all vacancies मा क्लिक गरेर अगाडि बढ्नुहाेस् ।
Step 10: यसपछि भुक्तानीको माध्यममा ‘Khalti‘ छनौट गरी आवेदन शुल्क भुक्तानी गर्नुहोस्। तपाईंकाे Khalti Digital Wallet काे खातामा रहेकाे Username र पासवर्ड प्रयाेग गरेर log-in गर्नुहाेस् अनि आवेदन शुल्क भुक्तानी गर्नुहाेस् । (Khalti खाता छैन भने कसरी बनाउने जान्न यहाँ क्लिक गर्नुहोस्। )
दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा Khalti को पैसा नलाग्ने टाेल फि नम्बर 16600158888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Khalti छैन? आजै डाउनलोड गर्नुहोस्।: Khalti.com/app
भुक्तानी गर्दा चाहिने Khalti Pin नयाँ बनाउन वा पुरानो बिर्सिएको भए बदल्न: Go to more in Khalti App’s Homescreen > Settings > Khalti Pin