1660-01-5-8888

अब तपाईंले नेपाल राष्ट्र बैंक ले विभिन्न पदमा मागेकाे आवेदन अनलाईन बुझाइ Khalti Digital Wallet मार्फत भुक्तानी गर्नसक्नुहुनेछ। यस ब्लग मार्फत तपाईंको आवेदन बुझाउने प्रक्रिया अझै सहज हुने आशा गर्दछौं।

 

Step 1 & 2 : सर्वप्रथम jobs.nrb.org.np/open मा क्लिक गर्नुहाेस्। त्यहाँ नयाँ पपअप विण्डाे (Pop-up Window) खुल्ने छ । त्यसमा अनलाईन (Online) मार्फत दरखास्त फाराम पेश गर्ने विधि र तरिका सम्बन्धि विवरण तथा ध्यान दिनुपर्ने विषयहरु दिइएकाे छ । त्यसलाई ध्यान दिएर पढ्नुहाेस् । त्यसपछि त्यस विण्डाेलाई बन्द गर्नुहोस् ।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 3: अब नेपाल राष्ट्र बैंक ले खुलाएका विज्ञापनकाे पद विवरण देखिने छ । ती विज्ञापनमध्ये आफूले दरखास्त दिन चाहेकाे पदकाे दाँया छेउमा रहेकाे Apply मा क्लिक गर्नुहाेस् ।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 4: त्यहाँ तपाईंकाे टाइटल, नाम, इमेल, नयाँ कुनै पासवर्ड र क्याप्चा हालेर एकाउन्ट बनाउनुहाेस्।

  Steps to apply Nepal rastra Bank vacancy

 

Step 5: तपाईंकाे एकाउन्ट बन्ने छ र तपाईंकाे User Name देखाउने छ । त्यसलाई सुरक्षित राख्नु हाेला । अब दरखास्त दिन चाहनुभएको पदको छेउमा रहेको Apply मा क्लिक गर्नुहोस्।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 6: त्यसपछि आवेदन फाराम देखिने छ । त्यसमा आफ्नाे नाम, ठेगाना, शैक्षिक याेग्यतालगायतका विवरण भर्दै जानुहाेस् । विवरण भर्न तपाईंकाे कम्प्युटरमा Bishall Font चाहिन्छ जुन नेपाल राष्ट्र बैंक काे आवेदन फारामकाे माथिल्लाे भागमा उपलब्ध छ । त्यसलाई आफ्नाे कम्प्युटरमा डाउनलाेड गरेर install गर्नुहाेस् । आवेदन फाराममा शैक्षिक योग्यताको विवरण र अनुभव सम्बन्धि विवरण फर्ममा उपलब्ध स्पेसले नपुगे नयाँ लाइन थपेर पनि भर्न सक्नुहुनेछ ।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 7 & 8: आफ्नो डकुमेन्ट्सहरु अपलोड गर्नुहोस् र Submit मा क्लिक गर्नुहोस् ।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 9: तपाईंकाे आवेदन सफल भयाे । अब तपाईंलाई आवेदन नम्बर उपलब्ध हुनेछ । यस पश्चात तपाईंले आवेदनलाई एडिट गर्न सक्नुहुन्न । अब भुक्तानीका लागि Click Here मा वा View all vacancies मा क्लिक गरेर अगाडि बढ्नुहाेस् ।

 

Steps to apply Nepal rastra Bank vacancy

 

Step 10: यसपछि भुक्तानीको माध्यममाKhalti छनौट गरी आवेदन शुल्क भुक्तानी गर्नुहोस्।  तपाईंकाे Khalti Digital Wallet काे खातामा रहेकाे Usernameपासवर्ड प्रयाेग गरेर log-in गर्नुहाेस् अनि आवेदन शुल्क भुक्तानी गर्नुहाेस् । (Khalti खाता छैन भने कसरी बनाउने जान्न यहाँ क्लिक गर्नुहोस्। )

 

Steps to apply Nepal rastra Bank vacancy

दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा Khalti को पैसा नलाग्ने टाेल फि नम्बर 16600158888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्।: Khalti.com/app 

 

 

भुक्तानी गर्दा चाहिने Khalti Pin नयाँ बनाउन वा पुरानो बिर्सिएको भए बदल्न: Go to more in Khalti App’s Homescreen > Settings > Khalti Pin