1660-01-5-8888

हरेक आर्थिक बर्षको अन्त्यमा Demat  र MeroShare को बार्षिक शुल्क तिरेर नविकरण गर्नुपर्छ । समयमा शुल्क नतिरे डिम्याट खाता फ्रिज हुन्छ भने मेरो सेयर खाता निस्क्रिय हुन्छ । त्यसपछि तपाईंले न खातामा भएको सेयर बेच्न सक्नुहुन्छ, न तपाईंको खातामा कति सेयर छ भनेर अनलाइनबाट हेर्न सक्नुहुन्छ । तपाईंलाई डिम्याट खाता संचालक कम्पनी (डिपी) को कार्यालय धाएर शुल्क तिर्न गाह्रो भएको हुनसक्छ । चिन्ता नलिनुस् । डिजिटल वालेट Khalti ले घरमै बसेर मोवाइल एप र कम्प्युटरबाट डिम्याट र मेरो सेयरको बार्षिक शुल्क तिर्ने सुविधा दिएको छ । Khalti मोवाइल एपसँगै khalti.com वेवसाइटबाट Khalti को एकाउन्ट प्रयोग गरेर २५  भन्दा बढी डिम्याट एकाउन्ट सेवा प्रदायक बैंक, मर्चेन्ट बैंकर, धितोपत्र दलाललगायतका कम्पनीलाई शुल्क तिर्न सकिन्छ । 

 

कसरी तिर्ने मोबाइलबाटै Demat र MeroShare को शुल्क ?

  • Khalti वालेट माेवाइल एपको युटिलिटी पेमेन्ट (utility payment)  सेक्सनमा जानुहाेस् ।
  • त्यहाँ सेयर (Share) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि डिम्याट खाता खोल्ने सेवा दिने कम्पनीहरुको सूची देखिने छ । तीमध्ये तपाईंले डिम्याट खाता खोल्नु भएको कम्पनी छनौट गर्नुहोस् । 
  • त्यसपछि त्यस कम्पनीलाई डिम्याट खाताको शुल्क तिर्ने हो कि मेरो सेयरको भन्ने छनौट गर्नुहोस् । त्यहाँ मोवाइल वालेटबाट तिर्ने कि इबैंकिंग वा मोवाइल बैंकिंग सेवाबाट शुल्क तिर्ने भन्ने छनौट गर्नुहोस । 
  • यति छनौट गरेपछि तपाईंले आफ्नो नाम, डिम्याट खाता, मोवाइल नम्बरसहित कम्पनीले मागेको विवरण भर्नुपर्छ । 
  • यति बिवरण भरेपछि प्रविष्ठ (SUBMIT) गर्नुहोस् । यसपछि तपाईंको शुल्क भुक्तानी हुन्छ । कम्पनीले भेरिफाइ गरेपछि तपाईंको डिम्याट र मेरो सेयर खाता नबिकरण हुन्छ ।  

 

khalti.com बाट डिम्याट र मेरो सेयरको शुल्क तिर्नः

  • khalti.com मा आफ्नो मोवाइल नम्बर र Khalti वालेटको पासवर्ड हालेर लगइन गर्नुहोस् ।
  • त्यसपछि देब्रे कुनामा रहेको सर्भिस (Service) मेनुमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ सेयर (Share) सब-मेनु देखापर्छ । 
  • Khalti वेवपेजको ड्यासबोर्डमा रहेको युटिलिटी पेमेन्ट (Utility Payment) सेक्सनमा पनि सेयर (Share) मेनु उपलब्ध छ । त्यसलाई क्लिक गर्नुहोस् ।
  • त्यसपछि सम्बन्धित डिम्याट एकाउन्ट सेवा प्रदायक कम्पनीले मागेको नाम, डिम्याट खाता नम्बर, मोवाइल नम्बरलगायतका बिवरण भर्नुहोस् । त्यसपछि तपाईंले विल तिर्ने विकल्पहरु मोबाइल वालेट वा अनलाइन बैंकिंग वा मोवाइल बैंकिंगमध्ये एउटा छान्नु पर्छ । तपाईंले मोवाइल बैंकिंग वा अनलाइन बैंकिंग सेवा लिनु भएको छ भने Khalti एपमार्फत सिधै आफ्नो बैंक खाताबाट डिम्याट र मेरो सेयर खाताको महसुलको भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंको Khalti वालेटमा पर्याप्त रकम छ भने वालेटबाटै सिधै भुक्तानी पनि गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले जहाँसुकै बसेर आफ्नो डिम्याट र मेरो सेयर खाताको शुल्क तिर्न सक्नुहुन्छ । Khalti ले डिम्याट सेवा प्रदायक थप कम्पनीहरूसँग सहकार्य गरिरहेकाे छ । छिट्टै थप कम्पनीकाे सेवा पनि उपलब्ध हुने छ ।