1660-01-5-8888

तपाईँकाे ‘खल्ती’ वालेटमा जम्मा भएकाे रकम बैंक खातामा सजिलै जम्मा गर्न सक्नु हुन्छ । तपाईँ ‘खल्ती’ माेवाइल वालेट र ‘खल्ती’काे वेव पेज khalti.com दुवैबाट नगद बैंक खातामा पठाउन सक्नुहुन्छ । 

 

‘खल्ती’ वालेटबाट बैंक खातामा नगद जम्मा गर्नः

  • ‘खल्ती’ माेवाइल एप खाेल्नुहाेस् । त्यसकाे दायाँपट्टि माथिल्लाे भागमा रहेकाे Bank Transfer मेनुमा ट्याप गर्नुहाेस् ।
  • त्यसपछि Select Bank मा ट्याप गर्नुहाेस् । अनि तपाईँले नगद पठाउन चाहनु भएकाे खाता रहेकाे बैंक छनाैट गर्नुहाेस् ।
  • त्यहाँ रहेकाे फर्ममा खातावालाकाे नाम, खाता नम्बर, पठाउन चाहेकाे नगद, पठाउनुकाे उद्देश्य भर्नुहाेस् । त्यसपछि अरू केही कुरा लेख्नु छ भने Remarks मा लेख्नुहाेस् ।
  • त्यसपछि Bank Transfer मा ट्याप गर्नुहाेस् । तपाईँले भर्नु भएकाे विवरण सिस्टमले भेरीफाइ गर्छ ।
  • सबै विवरण सही भए तपाईँसँग एपले पासवर्ड माग्छ । आफूले पहिल्यै सेट गर्नु भएकाे पासवर्ड भर्नुहाेस् । ( तपाईँले वासवर्डकाे सट्टा माेवाइल अनुसार बायाेमेट्रिक पनि राख्न सक्नुहुन्छ ।)
  • पासवर्ड राखेर काराेबार स्वीकार गर्नुहाेस् । वा, वायाेमेट्रिकले स्वीकार गर्नुहाेस् ।
  • अब तपाईँकाे बैंक खातामा ‘खल्ती’बाट नगद ट्रान्सफर भयाे । बैंकबाट काराेबार गर्न सक्नुहुन्छ ।

 

Khalti.com बाट बैंक खातामा नगद जम्मा गर्नः

  • Khalti.com मा युजर नेम र पासवर्ड हालेर लगइन गर्नुहाेस् ।
  • मुख्य पेजकाे दायाँतिर सबैभन्दा माथिल्लाे भागमा रहेकाे Bank Transfer मेनुमा Click गर्नुहाेस् ।
  • त्यसपछि रकम पठाउन चाहेकाे बैंककाे नाम छनाैट गर्रनुहाेस् । त्यसपछि फर्ममा खातावालाकाे नाम, खाता नम्बर, पठाउन चाहेकाे रकम र Remarks भर्नुहाेस् ।
  • त्यसपछि माेवाइल वालेट वा इबैंकिंग वा माेवाइल बैंकिंगमध्ये कुन माध्यमबाट खातामा रकम पठाउने हाे, छान्नुहाेस् ।
  • अब Validate and Submit मा click गर्नुहाेस् । बैंककाे सिस्टमले तपाईँले भर्नु भएकाे बिवरणा ठीक छ कि छैन भनेर भेरिफाइ गर्छ ।
  • तपाईँकाे विवरण ठिक भए तपाईँले काराेबार स्वीकार गर्नु पर्छ । अब तपाईँकाे काराेबार पूरा भयाे । तपाईँले पठाउनु भएकाे खातामा रकम जम्मा हुन्छ ।

 

सम्झनुहाेस्

तपाईँले माेवाइल वालेटबाट बैंक खातामा रकम पठाउनु अघि Know Your Customer (KYC) फर्म भरेकाे हुनुपर्छ ।

तपाईँले माेवाइलबाट एक पटकमा २५००० रूपैयाँ मात्रै बैंक खातामा पठाउन सक्नुहुन्छ । एक दिनमा पटक पटक गरी १००००० रूपैयाँसम्म पठाउन सक्नुहुन्छ । र, एक महिनामा ५००००० रूपैयाँसम्म मात्र पठाउनु सक्नुहुन्छ ।