नेपाली बजारमा चल्तिमा रहेको मध्य एक उदयमान डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले एक श्रेष्ठ चेन होटल सर्भिस- ओयोसँग आफ्नो साझेदारी घोषणा गरेको छ। यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ।
यस साझेदारीले ओयोका नेपालमा रहेका ग्राहकवर्गलाई होटलको बुकिङ र भुक्तानी खल्ती एप र वेभसाईट दुवै माध्यम बाट गर्न मिल्ने सुविधा सिर्जना गरेको छ।
आतिथ्य र सत्कार पर्यटनका प्रमुख सारभूत हुन् र यस साझेदारीबाट खल्तीले यस क्षेत्रमा आफ्नो उपस्थिति प्रारम्भ गरेको छ। खल्ती र ओयोको सहकार्यद्वारा हुने छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल बुकिङ्गमा रहेको मुख्य चुनौति समाधान हुनेछ।
यस पार्टनरसिपबाट उत्साहित खल्तीका संस्थापक एवम प्रबन्ध निर्देशक मनीष मोदि भन्छन्-
खल्तीले छोटो समयमै नेपाली डिजिटल पेमेन्ट सिस्टमको ईतिहासमा आफ्नो पहिचान बनाईसकेको छ। रिचार्ज र बिल पेमेन्टबाट सुरुवाट गरेर, वन प्लस् ५ स्मार्टफोनलाई खल्ती प्लेटफर्ममा लन्च गर्दै खल्तीले व्यापारिक क्षेत्रलाई गाँसे जस्तै अहिले भने यो कदमले आतिथ्यको क्षेत्रमा पनि आफ्नो पाईलाहरु चालिसकेको छ। पेमेन्ट गेटवेको हैसियतका रुपमा खल्ती सधैँ छिटो, सजिलो र सुरक्षित बिल भुक्तानी सेवाको लागि प्रतिबद्ध छ।
ओयो भारतमा विकास भएको एक नँया अबधारणाको चेन होटेल ग्रुप हो । नेपालमा चाहिँ ओयो पछिल्लो वर्ष २०१७ अप्रिल देखि संचालनमा आएको थियो। ओयोले अरु होटलहरुसँगको साझेदारीमा अतिथीहरुको श्रेष्ठतर अनुभवको निम्ति होटल रुमहरु परिवर्तन र रुपान्तरण गर्ने गर्दछ। नविनतम प्रबिधीको प्रयोगबाट बजेट होटल संचालन र ब्यवस्थापन सजिलो बनाएको कारणले ओयोलाई मार्गदर्शक मानिन्छ। आजको मितिमा ओयोले काठमाण्डौँ र पोखरा गरि २० भन्दा धेरै होटलहरुसँग पार्टनरसिप गरेर संचालन गर्दै आएको छ भने अझै विस्तार गर्ने क्रम जारि छ।
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। गत वर्षको अक्टोबर १२ मा गुगलद्वारा आयोजित बिश्व ब्यापी स्टार्ट-अप कम्पनीहरुको प्रतिस्पर्धामा खल्ती विजेता घोषित भएको थियो। हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या १,००,००० भन्दा बढि रहेको छ।