1660-01-5-8888
नेपाली बजारमा चल्तिमा रहेको मध्य एक उदयमान डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले एक श्रेष्ठ चेन होटल सर्भिस- ओयोसँग आफ्नो साझेदारी घोषणा गरेको छ​। यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ​।

यस साझेदारीले ओयोका नेपालमा रहेका ग्राहकवर्गलाई होटलको बुकिङ र भुक्तानी खल्ती एप वेभसाईट दुवै माध्यम बाट गर्न मिल्ने सुविधा सिर्जना गरेको छ​।

आतिथ्य र सत्कार पर्यटनका प्रमुख सारभूत हुन् र यस साझेदारीबाट खल्तीले यस क्षेत्रमा आफ्नो उपस्थिति प्रारम्भ गरेको छ​। खल्ती र ओयोको सहकार्यद्वारा हुने छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल बुकिङ्गमा रहेको मुख्य चुनौति समाधान हुनेछ​।

यस पार्टनरसिपबाट उत्साहित खल्तीका संस्थापक एवम प्रबन्ध निर्देशक मनीष मोदि भन्छन्-

खल्तीले छोटो समयमै नेपाली डिजिटल पेमेन्ट सिस्टमको ईतिहासमा आफ्नो पहिचान बनाईसकेको छ। रिचार्ज बिल पेमेन्टबाट सुरुवाट गरेर​, वन प्लस् स्मार्टफोनलाई खल्ती प्लेटफर्ममा लन्च गर्दै खल्तीले व्यापारिक क्षेत्रलाई गाँसे जस्तै अहिले भने यो कदमले आतिथ्यको क्षेत्रमा पनि आफ्नो पाईलाहरु चालिसकेको छ। पेमेन्ट गेटवेको हैसियतका रुपमा खल्ती सधैँ छिटो, सजिलो सुरक्षित बिल भुक्तानी सेवाको लागि प्रतिबद्ध छ।

ओयो भारतमा विकास भ​एको एक नँया अबधारणाको चेन होटेल ग्रुप हो । नेपालमा चाहिँ ओयो पछिल्लो वर्ष २०१७ अप्रिल देखि संचालनमा आएको थियो। ओयोले अरु होटलहरुसँगको साझेदारीमा अतिथीहरुको श्रेष्ठतर अनुभवको निम्ति होटल रुमहरु परिवर्तन र रुपान्तरण गर्ने गर्दछ। नविनतम प्रबिधीको प्रयोगबाट बजेट होटल संचालन र ब्यवस्थापन सजिलो बनाएको कारणले ओयोलाई मार्गदर्शक मानिन्छ। आजको मितिमा ओयोले काठमाण्डौँ र पोखरा गरि २० भन्दा धेरै होटलहरुसँग पार्टनरसिप गरेर संचालन गर्दै आएको छ भने अझै विस्तार गर्ने क्रम जारि छ​।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भ​एको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो​। गत वर्षको अक्टोबर १२ मा गुगलद्वारा आयोजित बिश्व ब्यापी स्टार्ट-अप कम्पनीहरुको प्रतिस्पर्धामा खल्ती विजेता घोषित भ​एको थियो। हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या १,००,००० भन्दा बढि रहेको छ।