1660-01-5-8888

आदरणीय खल्ती प्रयोगकर्ताहरु, खल्तीसँगको कारोबार रु. करोडको उपहार योजना अन्तर्गत खल्ती प्रयोग गरी तल उल्लेखित शर्तहरुको आधारमा एक जना खल्ती प्रयोगकर्तालाई को बन्छ करोडपति को फास्टेस्ट फिङ्गर फस्टमा हामीले पुर्याउने छौँ  । को बन्छ करोडपतिको नियम अनुसार उहाँले रु. १ करोड सम्मको रकम जित्न सक्नु हुनेछ । सो को लागि अग्रिम बधाई तथा शुभकामना ।

शर्तहरु:

१. योजना बैशाख १९ गते देखि बैशाख २४ गते सम्मको कारोबारमा मात्र लागु हुनेछ ।

२. वैशाख २४ भित्र प्रयोगकर्ता प्रमाणित (KYC Verified) भएका खल्ती प्रयोगकर्ता र खल्ती पसल दुबैमा लागू हुनेछ ।

३. योजनामा सहभागिताका लागी खल्ती प्रयोगकर्ताले सो अवधि भित्र कम्तिमा रु. १००० र खल्ती पसलले कम्तिमा रु. ५००० को कारोबार गर्नु पर्ने हुन्छ  ।

४. शर्त पुरा गर्ने मध्ये एक जना भाग्यशाली महानुभावलाई फेसबुक लाईभमा आउने गरी लक्की ड्र  मार्फत चयन गरिनेछ ।

५. चयन गरिएको प्रयोगकर्ता आफू या आफुले रोजेको व्यक्तिलाई पठाउन सक्नुहुनेछ ।

६. को बन्छ करोडपतिको फास्टेस्ट फिङ्गर फस्ट मा जाने बिजेताले खल्तीको टि-सर्ट लगायत खल्ती ब्राण्डलाई झल्काउने गरी उपस्थित हुनु पर्नेछ ।

७. को बन्छ करोडपति को नियम अनुसारको जित, कर र अन्य प्रावधान मान्नु पर्नेछ ।

८. खल्तीलाई प्रतिनिधित्व गरी भाग लिन जानु भएको महानुभावले रु. १ करोड सम्मको रकम जित्न सक्नु हुनेछ र त्यो को बन्छ करोडपतिको नियमअनुसार हुनेछ ।

थप जानकारीका लागि १६६००१५८८८८/९८०११६५५६१ मा सम्पर्क गर्नुहोला ।

तपाईंको खल्ती आइडी छैन ? दुई मिनेटमै खल्तीमा अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोला

‘खल्ती’को KYC form कसरी भर्ने ? जानकारीका लागि यहाँ जान सक्नुहुनेछ