1660-01-5-8888

अब खल्ती पसलको आम्दानी आफ्नो कारोबारले मात्र हैन अरुको कारोबारले पनि । धेरै भन्दा धेरै खल्ती पसल बनाउनुहोस् र कारोबार गराई रु. १०,००० भन्दा धेरै कमाउनुहोस् ।

खल्ती पसल महानुभावहरु,

तपाईंहरुकै सल्लाह, सुझावलाई आत्मसात र निरन्तरको साथलाई सम्मान गर्दै थप आम्दानीको वातावरण प्रदान गर्ने उदेश्यका साथ खल्ती पसल बनाउनुस्, आम्दानी बढाउनुस् योजना सन्चालन गरेका छौँ । यस योजना अन्तर्गत धेरै भन्दा धेरै पसलहरुलाई रिफर गरि खल्ती पसल बनाउनुहुनेछ र उक्त्त पसललाई कारोबार गराई अधिक फाईदा लिनुहुनेछ भन्ने आशा लिएका छौँ । यस योजना अन्तर्गत तपाईले तालिकामा उल्लेख गरिए अनुसारको आधारमा थप आम्दानी प्राप्त गर्नसक्नु हुनेछ ।

क्र.सं. कारोबार गर्नुपर्ने रकम (प्रति पसल प्रति महिना रु.) तपाईले प्राप्त गर्ने रकम (प्रति पसल रु.)
१. २०,०००+ २००/-
२. ४०,०००+ ४५०/-

खल्ती पसल बनाउनका लागि:

१. सर्वप्रथम Khalti.com मा जानुहोस् र आफ्नो खल्ती पसल खाता login गर्नुहोस् ।

२. Dashboard मा रहेको Referral मा क्लिक गर्नुहोस्  र POS Referral List मा क्लिक गर्नुहोस् ।

३. POS Referral List मा गईसकेपछि Create Referral मा क्लिक गर्नुहोस् र मागिएका  विवरणहरु भरेर Submit गर्नुहोस् ।

यति गरिसकेपछि तपाईको request भेरीफिकेसनको लागी पेस हुनेछ ।

यसरी request भईसकेपछि खल्ती टिमले तपाईले रिफर गर्नु भएको ब्यक्त्तिलाई फोन गरेर कन्फर्म गर्नेछ । यदि तपाईले रिफर गर्नुभएको व्यक्तिको विजनेस छ र तपाईंले उहाँलाई सबै कुरा बुझाएर नै रिफर गर्नुभएको हो भने तपाईंको उक्त रिक्वेस्ट accept हुनेछ ।

यस योजनाका सर्तहरु:

१. योजनाको गणना अंग्रेजी क्यालेन्डर अनुसार गरिने छ ।

२. योजनामा सहभागिताका लागि KYC Verified भई कम्तिमा रु. पन्ध्र हजार (१५,०००/-) प्रति महिना कारोबार गरेको हुनुपर्ने छ ।

३. पहिले नै खल्ती पसल भई कारोबार गरिरहेको पसललाई रिफर गर्न मिल्ने छैन ।

४. खल्ती पसलले रिफर गरेर वा डिलरले बनाएको खल्ती पसल दश (१०) दिन सम्म पनि KYC Verified भई कारोबार नगरेमा अरुले रिफर गर्न सक्ने छ र यदि यसो भएमा पहिले रिफर गर्ने पसल वा डिलरको कुनै अधिकार रहने छैन ।

५. तोकिएको रकम प्राप्त गर्नको लागि रिफर गरेको पसलले KYC Verified भई कम्तिमा रु. बीस हजार (२०,०००/-) प्रति महिना कारोबार गरेको हुनुपर्ने छ ।

६. बिजुली तथा खानेपानीको बिल भुक्तानी (NEA and water bill payment), खल्तीबाट अर्को खल्ती खातामा गरेको ट्रान्सफर (P2P Fund Transfer), र खल्तीबाट बैंक खातामा गरिएको ट्रान्सफर (Bank Transfer/Withdraw) को रकम गणना गरिने छैन ।

उदाहरणको लागि:

यदि तपाईले बीस (३०) जनालाई रिफर गरी खल्ती पसल बनाउनुभयो र १२ जनाले रु. २०,०००+ र १८ जनाले रु. ४०,०००+ प्रति महिना कारोबार गर्नुभयो भने अब तपाईंले १२*२००=‍ रु. २,४००/- र १८*४५०= रु. ८,१००/- गरि जम्मा रु. १०,५००/- (दश हजार पाँच सय रुपैयाँ) तपाईकै खल्ती आईडिमा प्राप्त गर्नुहुनेछ ।

खल्ती पसल refer गर्ने प्रकृयाका लागि यो भिडियो हेर्नुहोला:

नोट: यो योजना सिमित अवधिका लागि मात्र संचालित छ ।

थप जाकारीका लागि pasal@khalti.com मा इमेल वा 16600158888/9801165561 मा सम्पर्क गर्नुहोला