1660-01-5-8888

तपाईंको समय महत्वपूर्ण छ भन्ने कुरा हामी बुझ्छौं। त्यसैले तपाईंको लाइन बसेर भुक्तानी गर्ने वा पैसा पाउने पठाउने कार्य सबै फोनमा गर्न सकिने बनाउन हामी प्रयासरत छौँ !! यहि प्रयासको फलस्वरुप राजस्व देखि लोक सेवाको दरखास्त फारमको भुक्तानी, अनलाइन शपिंग देखि रिचार्ज, बैंकमा पैसा डिपोजित गर्ने सम्म सबै काम घरबसी गर्न मिल्ने बनाई तपाईं को जीवन सहज बनाउन सकेको मा गर्व महसुस गर्छौं। अब भने तपाईंको लागि ट्राफिक जरिवाना भुक्तानी पनि Khalti बाटै गर्न मिल्ने सुविधा ल्याएका छौँ  ।

अब आफ्नो इन्टरनेट जडान भएको घर, कलेज, वा कार्यलयबाटमा बसी Khalti मार्फत ट्राफिक जरिवाना भुक्तानी गर्न सक्नुहुन्छ। एक चोटी चिट काटेपछि त्यसको भुक्तानी गर्ने रकम ट्राफिक पुलिस हेडक्वार्टरमा बुझी, बैंकमा गइ भुक्तानी गरी फेरी ट्राफिक प्रहरी कार्यालय गई फाइन भुक्तानी गर्न लाग्ने धेरै समय र झन्झटबाट मुक्त हुनुहोस् ! जरिवाना Khalti बाट भुक्तानी गरी लाइसेन्स/ब्लु बुक लिन सिधै ट्राफिक कार्यालय जानुहोला !!

ट्राफिक जरिवाना Khalti बाट कसरी भुक्तानी गर्ने?

  • Khalti को Homescreen मा “Government Services” मा रहेको “Traffic Police Fine” मा क्लिक गर्नुहोस्।

                                  Traffic fine payment steps

 

  • तपाईंको चीट नम्बर राख्नुहोस्। (चीट नम्बर चीटको माथिल्लो भागमा मा हुनेछ।)
  • चिट काटिएको वर्ष छनौट नोट गर्नुहोस्।
  • यदि सबै जानकारी ठीक भएमा “Ok” मा क्लिक गर्नुहोस्।

ट्राफिक जरिवाना भुक्तानी

  • त्यसपछि कुन माध्यमबाट भुक्तानी गर्ने भनेर एउटा विकल्प छान्नुहोस् । विकल्प छानिसकेपछि “Submit” मा ट्याप गर्नुहोस्।
  • तपाईंको ट्राफिक फाइन तुरुन्तै भुक्तानी हुनेछ।

pay traffic fine online nepal

 

 

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्।: