1660-01-5-8888

नेपाली पसलमा भारतीय भुक्तानी गाह्रो काम हो : Pasal लाई पनि, ग्राहकलाई पनि।

तर अब हामीले भुक्तानी सहज भएको खुसीको खबर ल्याएका छौँ : Pasal लाई पनि, ग्राहकलाई पनि।

 

Khalti ले नेपाल-भारत  बिच मोबाइल वालेटको QR मार्फत सजिलै भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ ।अब Khalti QR मा भारतीय वालेट बाट पनि भुक्तानी लिन सकिने छ।

 

के हो त सुविधा?

 

Khalti को यस सुविधा अन्तर्गत भारतीय पर्यटकहरूले अब Phone Pe, BHIM UPI, Google Pay  जस्ता भारतीय App प्रयोग गरी नेपाली बजारमा कुनै पनि Fonepay अन्तर्गत रहेको Khalti QR scan गर्दै नेपाली बजारमा रहेका Khalti Pasal व्यवसायीहरूलाई डिजिटल भुक्तानी गर्न सक्ने छन्। 

Fonepay QR मा आबद्ध हरेक Khalti Pasal ले यो भुक्तानी सुविधा लिन सक्नुहुनेछ।  Khalti Pasal ले आफ्नो Fonepay QR मा नै भारतीय पर्यटक (ग्राहक)ले प्रयोग गर्ने आफ्नो भारतीय वालेट बाट भुक्तानी लिन सक्नुहुनेछ।

 

यो सुविधा साधारण Scan and Pay जस्तै सहज र सरल छ।

Scan गर्ने वालेट चाहिँ भारतीय भयो भने Scan  हुने चाहिँ Khalti Pasal का Fonepay QR हुने भयो।

छैन त सजिलो?

 

Khalti Pasal  लाई हुने फाइदाहरू

  • भारतीय पर्यटक (ग्राहक) बाट पनि सजिलै भुक्तानी लिन सकिने
  • नेपालको पर्यटनबाट हुने आर्थिक पाटो बाट अलग नहुने

 

भारतीय ग्राहकलाई हुने फाइदाहरू

  • भारतीय पैसा सटही र कार्डको झन्झट बाट मुक्त रहने
  • नगद बिना नै पनि सहजै डिजिटल भुक्तानी गर्न पाइने

 

Terms and Conditions

भुक्तानी गर्न को निम्ति भारतीय ग्राहकहरूले केही कुरा भने ध्यान दिनु पर्नेछ:

  • आफ्नो वालेटमा International UPI Payments activate गरेको हुनु पर्नेछ
  • आफ्नो App भएको device को location on  रहनु पर्नेछ
  • भौतिक रूप मा नेपालमा हुनुपर्नेछ
  • Khalti Pasal को Fonepay QR scan गर्नु पर्नेछ

 

Khalti Pasal लाई सुचना

भारतीय वालेट बाट भुक्तानी प्राप्त गर्दा केही न्यूनतम शुल्क लाग्नेछ।

यदि तपाइँ पनि Khalti QR मा भारतीय वालेट बाट भुक्तानी लिन चाहनुहुन्छ भने,
तलकाे लिंक बाट QR प्राप्त गर्न सक्नुहुनेछः

 

थप जानकारी Mail वा Call मार्फत सम्पर्क गर्नुहोलाः

email : qr@khalti.com
Call: 9702600126

 

अबको केही दिनमा नै, नेपाली नागरिकले पनि Khalti  प्रयोग गरी भारतीय बजारमा भारतीय QR scan गरी भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध हुनेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.