1660-01-5-8888

आदरणीय स्कुल/कलेज संचालक तथा शिक्षक/शिक्षिका ज्यु,

देशको विकासको लागि गुणस्तरीय शिक्षाको माध्यमबाट बिभिन्न क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्दै आउनु भएकोमा हृदयदेखि नै धन्यवाद दिँदै समयानुकूल प्रविधिको उचित प्रयोग मार्फत नयाँ नेपालको परिकल्पनालाई सफल बनाउनु हुनेछ भन्ने शुभकामना पनि ।

हजुरहरुको छत्र-छाँयामा हुर्किँदै गरेका लाखौ बालबालिकाहरु जस्तै हाम्रो बुझाई पनि दिगो विकास: कर्मको आधार रहिआएको छ। सो को लागि विगत १२ वर्ष देखि हामीले आफ्नै माटोमा सिकेका ज्ञान आफ्नै माटोको लागि भनेर Sparrow SMSKhaltiDigital Wallet मार्फत सेवा प्रदान गर्दै आएका छौँ।

यी सेवाहरु सबै स्कुल/कलेजहरुको आवश्यक सेवा मध्ये एक रहिआएको छ । यसको प्रयोग मार्फत स्कुल, विद्यार्थी र अभिभावक विच जानकारी तथा विभिन्न शुल्क भुक्तानीको काम मोबाईलकै भरमा सजिलै र सुरक्षित तरिकाले गर्न सकिने भएकोले हामीले #SmartSchool अभियान अघि सारेका छौँ । यसले विद्यार्थी तथा अभिभावकहरुलाई आधुनिक प्रविधिको उचित प्रयोग मोबाईलबाट नै गर्न सकिने ज्ञानको आदानप्रदान गर्छ भने स्कुल/कलेजको पनि अधिकांश समस्या समाधान गर्छ । त्यसैले, यी सेवाहरुको प्रयोगमा व्यापकता ल्याउन र सबैको सजिलो पहुँचको लागि यहि असोज महिना देखि मङ्सिर महिनासम्म देशभरिका पहिलो १००० स्कुल तथा कलेजहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको व्यवहोरा जानकारी गराउँदै #DigitalNepal अभियानमा सहयोगका लागि देशभरीका सम्पूर्ण स्कुल/कलेजहरुको सहभागिताका लागि अनुरोध गर्दछौँ  ।

साथै आफुले चिनेको स्कुल तथा कलेजलाई सामाजिक संजाल या अन्य विभिन्न माध्यमबाट जानकारी गराई #DigitalNepal को महाअभियानमा सहयोग गर्न हुनको लागि पनि हार्दिक अनुरोध गर्दछौँ ।

यी सेवाहरु प्रयोग गर्न स्कुल/कलेजहरुलाई थप कुनै सफ्टवेयर या हार्डवेयर पनि नचाहिने हुँदा यसको प्रयोगमा स्कुल/कलेजलाई कुनै खर्च नलाग्ने व्यहोरा पनि यहि विज्ञप्ति मार्फत जानकारी गराउदछौँ । साथै स्कुल/कलेजलाई यी सेवा प्रचारप्रसार गर्न हामीले आवश्यक Flyer Printing, Board Printing, तथा SMS Notification सेवामा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

उपलब्ध सेवाहरु:

१)      खल्तीडिजिटल वालेट  मा तपाईको स्कुल/कलेज सुचिकृत गर्दै विद्यार्थी/अभिभावकले मासिक शुल्क तथा अन्य भुक्तानी सजिलै गर्न सकिने व्यवस्था गर्नुको साथै स्कुल/कलेजलाई यसको व्यवस्थापनको लागि छुट्टै नि:शुल्क सिस्टम उपलब्ध गराउनेछौँ  ।

२)      स्प्यारो एसएमएस – SMS मा आधारित नोटिस बोर्ड, रिजल्ट सिस्टम र १०० SMS नि:शुल्कमा उपलब्ध गराउनेछौँ  ।

सेवा सुचारु गर्न या थप जानकारीको लागि:

  • कृपया हामीलाई ईमेल गर्नुहोला: education@khalti.com
  • हरुन राई – ९८०१०५२२९३ मा सम्पर्क गर्नुहोला ।
  • आफ्नो मोबाईलबाट हामीलाई smartschool लेखि 37001 मा SMS गर्नुहोला ।

तपाईंले सिधै यो फर्म भरेर पनि सेवा सुचारु प्रकृयाको थालनी गर्न सक्नुहुनेछ:

धन्यवाद !

जानकी टेक्नोलोजी (Sparrow SMS) स्प्यारो पे प्रा.लि. (Khalti – Digital Wallet)
ऋतु जोशी    भुबी विष्ट
http://sparrowsms.com http://khalti.com

पुल्चोक, ललितपुर

फोन: ०१५०१०६५१ / १६६००१५८८८८ (NTC Toll-Free) / ९८०११६५५६१ (WhatsApp/Viber)