1660-01-5-8888

कल्पना गर्नुस्, तपाईँकाे साथीकाे समयमा बिल तिर्न नसकेर इन्टरनेट काटियाे । तुरून्त बिल अनुसारकाे रकम भुक्तानी नगरे इन्टरनेट नचल्ने भयाे । साथीकाे ‘खल्ती’ वालेटमा ब्यालेन्स पनि रहेनछ । अब के गर्ने ? त्यतिखेर तपाईँले ‘खल्ती’काे Send/Request फिचर प्रयाेग गरेर साथीलाई ‘खल्ती’ वालेटमा सापट दिन सक्नुहुन्छ । याे सबैभन्दा सजिलाे र छिटाे बिधि हाे । 

 

के हाे ‘खल्ती’काे send/request फिचर?

Send/Request काे अर्थ दुई वटा ‘खल्ती’ वालेट प्रयाेगकर्ताहरूबीच रकम पठाउने/प्राप्त गर्ने विधि हाे । Send/request मार्फत तपाईँ साथीलाई नगद पठाउन सक्नुहुन्छ अथवा साथीसँग केही रकम सापटी दिन अनुराेध गर्न सक्नुहुन्छ । तपाईँले सापटी मागेकाे जानकारी साथीलाई माेवाइलमा नाेटिफिकेसन जान्छ । 

 

 ‘खल्ती’काे send/request फिचरले कसरी काम गर्छ ?

रकम पठाउनः

  • ‘खल्ती’ माेवाइल एप वा Khalti.com काे ड्यासबाेर्डमा साइन अप गरेर लगइन गर्नुहाेस् । 
  • ‘खल्ती’ एपकाे हाेम स्क्रिनमा रहेकाे ‘Send/Request’ मा ट्याप गर्नुहाेस् । 
  • त्यसपछि send मा ट्याप गर्नुहाेस् र कुन माेवाइल नम्बरमा नगद पठाउने हाे, त्याे नम्बर हाल्नुहाेस् । 
  • तपाईँले सबै विवरण भरेपछि तपाईँले त्यसलाई सुनिश्चित (Confirm) गर्नुहाेस् ।
  • अब रकम पठाउने विकल्पहरूमध्ये एक छान्नुहाेस् । त्यसपछि send मा थिच्नुहाेस् । तपाईँकाे साथीकाे ‘खल्ती’मा तुरून्तै रकम जम्मा हुन्छ । 

 

रकम सापटी माग्नः

  • ‘खल्ती’ माेवाइल एप वा Khalti.com काे ड्यासबाेर्डमा साइन अप गरेर लगइन गर्नुहाेस् । 
  • ‘खल्ती’ एपकाे हाेम स्क्रिनमा रहेकाे ‘Send/Request’ मा ट्याप गर्नुहाेस् । 
  • त्यसपछि request मा थिच्नुहाेस् र जुन साथीसँग नगद सापटी माग्दै हुनुहुन्छ, उसकाे नम्बर हाल्नुहाेस् । 
  • तपाईँले विस्तृत विवरण भरेपछि तपाईँले भरेकाे विवरण सुनिश्चित ( confirm) गर्न request fund थिच्नुपर्छ ।त्यसपछि तपाईँकाे साथीले रकम सापटी मागेकाे नाेटिफिकेसन माेवाइलमा पाउनु हुनेछ । 

(निश्चित गर्न तपाईँलाई ‘खल्ती’बाट तपाईँकाे माेवाइलमा म्यासेज आउने छ । त्यसपछि ‘खल्ती’ एपमा गएर तपाईँकाे ब्यालेन्स रिफ्रेस गर्नुहाेलाा ।)

सम्झनुहाेस्ः रकम पठाउने र पाउने दुवैकाे ‘खल्ती’ माेवाइल वालेटमा खाता  (Khalti account) हुनुपर्छ । यदि पाउनेकाे विवरण सही भएन भने रकम पठाउने र पाउने चक्र पूरा हुँदैन । 

 

‘खल्ती’काे send/request प्रयाेग गरेर नगद पठाउँदा शुल्क लाग्छ?

‘खल्ती’ माेवाइल वालेटमा रहेकाे रकम पठाउँदा र पाउँदा कुनै शुल्क लाग्दैन । पठाइएकाे रकम तपाईँकाे मुख्य ब्यालेन्सबाट काटिन्छ । अरू अतिरिक्त कुनै शुल्क लाग्दैन । 

 

 ‘खल्ती’काे send/request प्रयाेग गरेर नगद पठाउँदा रकम आइपुग्न कति समय लाग्छ ?

नगद पठाउने ब्यक्तिले Send बटम थिच्नासाथ पठाएकाे नगद तुरून्तै पाउनेकाेे माेवाइल खातामा जम्मा हुन्छ । यदि तुरून्तै नगद जम्मा भएकाे देिखएन भने ‘खल्ती’ माेवाइल एपलाई लग आउट गरेर १ मिनटपछि फेरि लगइन गर्नुहाेला ।  

 

 ‘खल्ती’काे send/request प्रयाेग गरेर कति रूपैयाँसम्म पठाउन सकिन्छ भन्ने कुनै सीमा छ?

राष्ट्र बैंककाे नियम अनुसार एक पटकमा निश्चित रकम मात्र पठाउन सकिन्छ । एक पटकमा पठाउन सकिने रकमकाे विवरण यस प्रकार छः 

विवरण KYC भरेका प्रयाेगकर्ता KYC नभरेका प्रयाेगकर्ता
प्रतिपटक अधिकतम पठाउन सकिने रूपैयाँ रू. २५,००० रू. ५०००
दैनिक अधिकतम पठाउन सकिने रूपैयाँ रू. १,००,००० रू. ५०००
मासिक अधिकतम पठाउन सकिने रूपैयाँ रू. ५,००,००० रू. ५०००

 

झुक्किएर गलत ब्यक्तिलाई नगद पठाइएछ वा पठाउनु पर्नेभन्दा बढी पठाइएछ भने के हुन्छ ?

एक पटक नगद पठाइसकेपछि तपाईँले त्यसलाई रद्द गर्न सक्नुहुन्न । तपाईँले पठाएकाे ब्यक्तिलाई सम्पर्क गरेर आफूले पठाएकाे नगद फिर्ता गर्न अनुराेध गर्नुहाेस् । यदि तपाईँले झुक्किएर नगद पठाएकाे मानिससँग सम्पर्क गर्न सक्नु भएन भने हाम्राे ‘खल्ती’ टिमसँग सम्पर्क गर्नुहाेला ।