1660-01-5-8888

 

लकडाउनको कारणले विदेशबाट घरमा पैसा प्राप्त गर्न समस्या भइरहेको छ ? यदि त्यसो हो भने, तपाइको समस्यालाइ मध्यनजर गर्दै Khalti ले WorldRemit सँगको सहकार्यमा चौबिसै घण्टा ५०+ देशहरुबाट आफ्नो फोनमा सजिलै पैसा प्राप्त गर्ने सुविधा ल्याएको छ।

यस सुविधा अन्तर्गत नेपालमा तपाईंले चाहे जति रकम प्राप्त गर्न सक्नुहुनेछ। साथै पैसा प्राप्त गर्दा अतिरिक्त रु. २०० बोनस पनि प्राप्त गर्नुहुनेछ। पैसा प्राप्त गर्न Khalti KYC भने अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ।

 

WorldRemit बाट पैसा Khalti मा नै किन पठाउने?

  • जारी निषेधाज्ञाको बीच घरै बसी पैसा जुनसुकै समयमा प्राप्त गर्न सकिने
  • प्राप्त गरेको रकम सजिलै Khalti बाट बैंकमा ट्रान्सफर गर्न मिल्ने
  • अतिरिक्त रु. २०० बोनस पनि प्राप्त गर्न सकिने
  • परम्परागत शैलीमा लाइन बस्ने दिक्दारीबाट पूर्णरुपमा छुटकारा पाइने
  • कोभिड-१९ को खतराबाट टाढै बस्न सकिने

यो सुविधा प्रयोग गर्दा समयको पनि बचत हुने र साथमा बोनस पनि पाइने। अनि भएन त दुबै हातमा लड्डु????

 

Khalti मा पैसा र रू. २०० बोनस कसरी प्राप्त गर्ने ?

पैसा प्राप्त गर्न तपाईंले केहि गर्न पर्दैन। विदेशबाट पठाए पछि सिधै Khalti मा पाउनुहुनेछ। तर आयो आएन कसरी जान्ने थाहा पाउनुहोस्।

  • आफ्नो Khalti खल्ती एप खोल्नुहोस्
  • Transaction आइकनमा त्ट्याप गर्नुहोस्
  • रकम तथा बोनस प्राप्त गर्नुभएको छ भने त्यहाँ लिस्ट मा सम्पूर्ण विवरण देख्न सक्नुहुनेछ

 

WorldRemit बाट Khalti मा पैसा कसरि पठाउने ?

  • WorldRemit App खोलि Send Money मा ट्याप गर्नुहोस्
  • दिइएको विकल्पहरुबाट “Nepal”रोज्नुहोस्
  • “Amount” मा ट्याप गरि पठाउनुपर्ने कुल रकम दाखिला गर्नुहोस्
  • “Mobile Money Transfer” सेलेक्ट गर्नुहोस
  • अब प्राप्त गर्ने व्यक्ति को सम्पूर्ण विवरण भरि Payment Details मा ट्याप गर्नुहोस्

 

Khalti KYC भेरिफाइ कसरी गर्ने त ?

  • आफ्नो Khalti एप लग इन गर्नुहोस्
  •  होमपेज मा देखाइएको “FILL KYC NOW” को व्यानरमा ट्याप गर्नुहोस्
  • आफ्नो डकुमेन्ट बमोजिम सबै व्यक्तिगत विवरण दाखीला गर्नुहोस्
  • सबै विवरण ठिक भएको यकिन गरि ‘SUBMIT’ मा क्लिक गर्नुहोस्

Khalti छैन आजै डाउनलोड गर्नुहोस्।