1660-01-5-8888

आदरणिय खल्ती प्रयोगकर्ता महानुभावहरु, तपाईंहरुकै सुविधाका लागि हामीले खानेपानी बिल भुक्तानी सेवा सातवटै प्रदेशमा विस्तार गरेको घोषणा गर्न चाहन्छौँ । जसअन्तर्गत पूर्वमा झापाको बुधबारे देखि पश्चिममा कञ्चनपुरसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसीबसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । हामी यस लक्ष्य पूरा नहुन्जेलसम्म प्रयत्नशील भएर लागि पर्नेछौँ । हामीले अन्य थुप्रै काउन्टरहरु पनि विस्तारै थप्दै जानेछौँ । 

अब तपाईंहरुले  १ मिनेटमै आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत खानेपानी बिल तिर्न सक्नुहुनेछ।


किन खल्ती बाटै खानेपानी बिल तिर्ने ? खल्ती प्रयोग गरी बिल तिर्दा हुने केहि फाइदाहरु:

1. बिल तिर्ने काउन्टरसम्म पुग्न लाग्ने समय र पैसाको बचत

अनलाईन भुक्तानीको सुरुवात सँगै अब बिल तिर्न काउन्टरसम्म पुग्नै पर्ने समस्या अन्त्य भएको छ । काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसाको बचत गर्न सकिन्छ ।

2. जुनसुकै बेला बिल तिर्न सकिने

3. आफूसँग स्मार्टफोन छैन वा ईन्टरनेट चलाउन आउँदैन भने नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सकिने

डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नुहुनेछ।

4. एक मिनेटमै बिल तिर्न सकिने

बिल तिर्न तपाईंले एप खोलेर खानेपानीको चिन्हमा थिचेर आफ्नो काउन्टर छानी ग्राहक कोड दाखिला गरेर बिल तिर्न सक्नुहुन्छ । यो सबै काम तपाईंले एक मिनेट भित्र पूरा गर्न सक्नुहुन्छ ।

5. सुरक्षित र भरपर्दो भुक्तानी 

तपाईंले खल्ती बाट बिल तिरेको केहि क्षणमै खानेपानी समितिको खातामा रकम जम्मा हुन्छ ।

6. बिल डाउनलोड गर्न सकिने 


खल्ती एप मार्फत कसरी खानेपानी बिल तिर्ने ? बिल भुक्तानी प्रकृया:

  1. खल्ती एप डाउनलोड गरी खल्ती आईडी खोल्नुहोस र आफ्नो खल्ती एकाउन्टमा लग इन गर्नुहोस् ।
  2. खल्तीमा विभिन्न माध्यम (मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, खल्ती सेवा केन्द्र, साथीभाईबाट सापटि, आदि) मार्फत पैसा राख्नुहोस् ।
  3. होम स्क्रीनमा दिइएको खानेपानीको चिन्हमा थिच्नुहोस् ।
  4. आफूले बिल तिर्ने काउन्टर छान्नुहोस् ।
  5. आफ्नो ग्राहक कोड (Customer Code) दाखिला गर्नुहोस र GET DETAILS बटनमा थिच्नुहोस् ।
  6. आफूले तिर्नु पर्ने रकम देखिनेछ । PAY BILL बटनमा थिच्नुहोस् ।  
  7. आफ्नो सम्पूर्ण विवरण कन्फर्म गरी OK मा थिच्नुहोस् ।

यति गरिसकेपछी तपाईंले सफलतापूर्वक बिल तिर्नुभएको मेसेज देख्नुहुनेछ ।


मोबाईलबाटै बिल भुक्तानी । छैन त गज्जब ?


के तपाईंले Khalti ID खोल्नु भएको छैन ? दुई मिनेटमै Khalti ID खोल्न यहाँ जानुहोस्

तपाईंको खल्ती एकाउन्टमा खानेपानी बिल तिर्न पर्याप्त रकम छैन ? खल्ती एप तथा वेबसाईटमा रहेको LOAD FUND अप्सनमा क्लिक गरी तपाईंले ५०+ बैंक तथा १८,०००+ खल्ती सेवा केन्द्र मार्फत आफ्नो खल्ती एकाउन्टमा पैसा राख्न सक्नुहुन्छ । खल्तीमा पैसा राख्ने सम्पूर्ण तरिकाहरु थाहा पाउन यहाँ जानुहोला


खानेपानी बिल भुक्तानी गर्दा केहि समस्या आइपरेमा तल दिइएका मध्ये कुनै माध्यम मार्फत हामीलाई सम्पर्क गर्नुहोला ।

Phone: 01-5970017  
WhatsApp/Viber/SMS/Call9801165561
E-mailsupport@khalti.com