महिनैपिच्छे खानेपानी बिल तिर्न खानेपानी कार्यालयमा लाईन लाग्न जानु कामकाजीहरुका लागि कम्ती झन्झटिलो हुँदैन । ‘खल्ती’ मोवाइल एपले अब तपाईंलाई घरमै बसिबसि खानेपानीको बिल तिर्न पाउने सुविधा दिएको छ ।
‘खल्ती’ मोवाइल वालेट र khalti.com बाट घरबाटै केही मिनटमै खानेपानीको बिल तिर्न सकिन्छ ।
कसरी तिर्ने मोबाइलबाटै खानेपानीको बिल ?
- वालेटको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
- त्यहाँ पानीको थोपाको आइकोन भएको खानेपानी (Khanepani) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
- त्यसपछि तपाईंले यसअघि विल तिर्दै आउनु भएको खानेपानीको काउन्टर छनौट गर्नुहोस् ।
- त्यसपछि तपाईंको खानेपानीको बिलमा भएको कस्टमर कोड (Customer Code) हान्नुहोस् ।
- मोवाइल एपमा यति कुरा इन्ट्री गरेपछि गेट डिटेल (GET DETAILS) मा जानुहोस् । त्यसपछि खानेपानी कार्यालयको सिस्टमले तपाईंको नाम, ठेगानासहित तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ ।
- सबै कुरा मिलेपछि तपाईंले आफ्नो अर्डर स्वीकार गर्न सक्नुहुन्छ । अब तपाइँकाे खानेपानी बिल भुक्तानी भयाे ।
Note: माघ १, २०७९ देखि Community Khanepani बिल भुक्तानीमा रू.५ शुल्क लागु हुनेछ।
यसरी तपाईंले जहाँसुकै बसेर जहाँ प्रयोग गरेको खानेपानीको पनि मोवाइलबाटै केही मिनटमै महसुल भुक्तानी गर्न सक्नुहुन्छ ।
Popular on Khalti Blog Now:
Pay your Khanepani bill in Dharan Without Hassle with Khalti - Get 10% Cashback on First Payment
Khalti बाट Kathmandu Upatyaka Khanepani Limited बिल भुक्तानी उपलब्ध
अब सातै प्रदेशमा खानेपानीको अनलाईन बिल भुक्तानी सेवा, मोबाईलबाट यसरी तिर्नुहोस् एक मिनेटमै खानेपानी ...
Know about Ongoing Offers on Khalti | Khalti Ma K Cha?