लामाे समयकाे लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने अबस्थाले तपाइँकाे घरमा विद्युत प्रधिकरणबाट मिटर रिडरहरू आउन सकेका छैनन् । यस्ताे बेला बिजुलीकाे महसुल कसरी तिर्ने ? समयमा महसुल नतिरे जरिमाना तिर्नु पर्ने हुन्छ ।
यसकाे समाधान प्राधिकरणले निकालेकाे छ । अब विद्युतका ग्राहकले अनलाइन मिटर रिडिंग गर्न सक्नेछन् । यस्ताे सुविधा अन्तरगत ग्राहकलेे आफैं मिटर रिडिंग गरेर आफूले खपत गरेकाे बिजुलीकाे खल्ती डिजिटल वालेटबाटै महसुल भुक्तानी गर्न सक्नेछन् । छैन त सजिलाे ? यसका लागि तपाइँलाइ माेवाइल भए पुग्छ । तपाइँ कम्प्युटर, ट्यावलेटलगायतका डिभाइसबाट पनि शुल्क तिर्न सक्नुहुनेछ ।
मिटर रिडिंग कसरी गर्ने ?
- नेपाल विद्युत प्रधिकरणकाे वेवसाइट www.consumer.nea.org.np मा जानुहाेस् । त्यहाँ रजिस्टर सेक्सनमा रजिस्ट्रेसन फारम आउने छ ।
- अब त्याे फारममा ग्राहकाे नाम, इमेल, माेवाइल नम्बर भरेर पासवर्ड हाल्नुहाेस् । अनि ‘submit’ बटन थिच्नुहाेस् ।
- रजिस्ट्रेसन भइसकेपछि युजर नेम र पासवर्ड हालेर लगइन गर्नुस् । (युजर नेम तपाइँकाे माेवाइल नम्बर हुनेछ)
- यसपछि “Add Consumer” बटन क्लिक गर्नुहाेस् ।
- अब “DCS Name” (तपाइँकाे काउन्टर), “Consumer ID “ र “SC number” हाल्नुहाेस् । (यी सबै विवरण तपाइँकाे पहिलेकाे विजुलीकाे बिलमा हुन्छ )
- यसपछि तपाइँले भर्नु भएकाे सबै विवरणा एउटा टेवलमा देखिने छ । एक्सन ट्यावकाे “क्लिक” बटन मा Click गरेर आँफैले बिजुली मिटर हेर्नुहोस् |
- अब कुन महिनाकाे विजुलीकाे मिटर रिड गर्ने हाे, महिना छान्नु हाेस् । अनि मिटर बक्समा रहेकाे मिटरकाे विवरण भर्नुहाेस् ।
- यदि तपाइँकाे पूरानाे महसुल बाँकी छैन भने कुन महिनासम्म महसुल तिरेकाे छ भनेर म्यासेज आउँछ ।
Khalti बाट विजुलीको बिल तिर्नः
- खल्ती माेवाइल एपको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
- त्यहाँ बल्बको आइकोन भएको (Electricity) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
- त्यसपछि तपाईंले यसअघि विल तिर्दै आउनु भएको विद्युत प्राधिकरणको काउन्टर छनौट गर्नुहोस् ।
- त्यसपछि तपाईंको बिजुलीको बिलमा भएको एससी नम्बर (SC Number) र कन्जुमर आइडी (Consumer ID) हान्नुहोस् ।
- मोवाइल एपमा यति कुरा इन्ट्री गरेपछि गेट डिटेल्स (GET DETAILS) मा जानुहोस् । त्यसपछि विद्युत प्राधिकरणको सिस्टमले तपाईंको ग्राहक नम्बर, नाम र तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ ।
- सबै कुरा मिलेपछि तपाईंले आफ्नो अर्डर स्वीकार गर्न सक्नुहुन्छ ।
मोवाइल एपमा तपाईंले अग्रिम रुपमा महसुल तिर्ने सुविधा पनि उपलब्ध छ ।
Popular on Khalti Blog Now:
Khalti brings cashback offer on Movie Tickets Booking
Changing payment trends in Nepal: Online electricity bill payment collection at Ratnapark DC closes ...
Top 10 digital payment services that you can use via Khalti to make your life easier
प्राईम बैंक Khalti सँग लिंक गरि रू. १०० तुरुन्तै प्राप्त गर्नुहोस्