1660-01-5-8888

Khalti माेबाइल एपकाे पासवर्ड बिर्सिएर समस्यामा पर्नु भएकाे छ ? Khalti माेबाइल एप र khalti.com मा साइन इन गर्न पासवर्ड अनिवार्य रुपमा चाहिन्छ । धेरै इमेल, एपहरूमा पासवर्ड राख्नुपर्ने हुँदा कहिलेकाहिँ बिर्सिने सम्भावना हुन्छ। त्यस्ताे बेला ‘Khalti’काे पासवर्ड कसरी reset गर्ने त?

 

Khalti App बाट पासवर्ड कसरी Reset गर्ने:

  • Khalti App खाेल्नुहाेस् । 
  • त्यहाँ Login काे मुनि रहेकाे Forgot Password मा tap गर्नुहाेस् । 
  • त्यहाँ तपाइँकाे माेबाइल नम्बर लेख्नुहाेस् ।
  • अब Recover मा ट्याप गर्नुहाेस् ।
  • तपाइँकाे माेबाइल नम्बर Khalti काे सिस्टमले भेरिफाइ गर्छ । त्यसपछि तपाइँकाे माेबाइलकाे म्यासेजमा Verification Code नम्बर आउने छ । उक्त काेड नम्बर राख्नुहाेस् ।   
  • अब Reset Password गर्ने ठाउँ आउँछ । त्यहाँ तपाइँले नयाँ पासवर्ड राख्न सक्नुहुन्छ ।
  • नयाँ पासवर्ड दाेहाेर्याएर हाल्नुहाेस्। त्यसपछि Reset ट्याप गर्नुहाेस् ।

अब तपाइँले नयाँ पासवर्डबाट लग इन गर्न सक्नुहुन्छ ।

 

Khalti.com बाट पासवर्ड कसरी Reset गर्ने:

  • Khalti.com मा जानुहाेस् ।
  • त्यहाँ माथिल्लाे भागकाे दायाँपट्टि Login मेनु देख्नु हुनेछ ।
  • त्यसमा Click गर्नुहाेस् ।
  • त्यहाँ Log in पेज खुल्ने छ । त्यसमा रहेकाे Forgot Password? अप्सनमा Click गर्नुहाेस् ।
  • अब तपाइँ आफूलाइ कुन माध्यमबाट Verify गराउन चाहनुहुन्छ ? तपाइँले पहिल्यै Khalti लाइ उपलब्ध गराएकाे माेबाइल नम्बर वा इमेल प्रविष्ठ (Entry) गर्नुहाेस् । त्यसपछि Request Recovery Code मा Click गर्नुहाेस् ।
  • तपाइँकाे इमेल वा माेबाइलमा Verification Code म्यासेज आउने छ । 
  • उक्त काेडलाइ प्रविष्ठ (Entry) गर्नुहाेस् । अनि Verify Code मा Click गर्नुहाेस् ।
  • यसपछि तपाइँलाइ  Reset Password गर्ने ठाउँ आउने छ । त्यहाँ आफूलाइ सम्झन सजिलाे हुने तर अरूले अनुमान लगाउन नसक्ने पासवर्ड हाल्नुहाेस् ।
  • फेरि नयाँ पासवर्ड एकपटक टाइप गर्नुहाेस् । अनि Reset Password मा Click गर्नुहाेस् ।

अब तपाइँकाे नयाँ पासवर्ड Reset भयाे । नयाँ पासवर्ड हालेर Khalti.com लग इन गर्न सक्नुहुनेछ ।