1660-01-5-8888

मात्र १५ सेकेन्डमा १५ हजार ? तर कसरी? Khalti ले तपाईकालागी १५ सेकेन्ड मै १५ हजार जित्न सक्ने Tiktok Challenge ल्याएको छ। यस अन्तर्गत Khalti ले प्रदान गरेको Tiktok sound मा आफ्नो १५ सेकेन्डको Tiktok video बनाएर २ जनाले रु १५ -१५ हजार जित्न सक्नुहुनेछ।

यो अफरमा तपाईले  २०७९ असार १७ सम्म सहभागिता जनाउन सक्नुहुनेछ। प्रस्तुतीहरू तल बताईएका आधारमा छानिनेछन् :
१) Most liked video, १ जना – जसको video मा धेरै likes हुनेछ।
२) Creative video १ जना – जसको video सबैभन्दा unique र creative हुनेछ।

 

सहभागिता कसरी जनाउने?

तपाईले तल बताइएको तरिका अनुसार सजिलै ‘ Khalti Tiktok Challenge’मा सहभागिता जनाउन सक्नुहुनेछ:
1) हाम्रो official tiktok page लाई follow गर्नुहोस्।

२) हामीले उपलब्ध गराएको tiktok sound मा creative तरिकाले आफ्नो Tiktok video बनाउनुहोस्।
३) #khaltipaymentjatra प्रयोग गरि  हामीलाई khalti official मा tag गर्नुहोस् र पोस्ट गर्नुहोस्।

लागू हुने  नियमहरु :

१) सहभागीहरूले आफ्नो Tiktok मार्फत:  Hashtag #khaltipaymentjatra प्रयोग गरेर हामीलाई khalti official मा tag गरि पोस्ट गर्नुपर्नेछ।

३) पठाइएको सबै रचना Khalti ले आफ्नो प्रचार प्रसारमा प्रयोग गर्न पाउने अधिकार राख्दछ। 

४) केहि कारणले यस योजनामा फेर बदल वा योजना रद्ध गर्नु परेमा यसको निर्णय लिने अधिकार Khalti सँग रहनेछ।  

५) पठाइएको TikTok video अन्य ब्रान्डहरूसँग सम्बन्धित हुनु हुदैन।  

६) प्रतियोगीले एक भन्दा बढी TikTok video बनाउन पाउने छैनन्।
7)TikTok Video  सामाजिक नैतिकता विरुद्द हुने वा जातीय भेदभाव, दुश्मनी वा जात, धर्म वा समुदाय विरुद्ध पूर्वाग्रहबाट मुक्त हुनुपर्छ र कुनै लिङ्ग, जात वा समूहलाई चोट पुर्याउनु हुँदैन।

८) Khalti ले कुनै पनि समयमा बिना सूचना यो अफरका शर्तहरू थप्ने, परिवर्तन गर्ने वा रद्द गर्ने  अधिकार राख्दछ।

९) विजेता घोषणा भएको ७ दिन भित्र विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दावी  नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार Khalti सँग रहनेछ ।

१०) लागू हुने कर पुरस्कारको रकमबाट काटिनेछ।

११) विजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ जुन Khalti मा verified गरिएको KYC फारमसँग मेल खान पर्नेछ।

१२) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

१३) आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य घोषित गर्ने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.