1660-01-5-8888

अब Tiktok बनाएर मनोरंजन मात्रै हैन पुरस्कार पनि प्राप्त गर्नुहोस्, त्यो पनि रू. २५,००० !

तपाईहरूका लागि Khalti ले Tiktok Challenge लिएर आएको छ। जस अन्तर्गत् तपाइले Khalti को official tiktok page मा उपलब्ध गराएको tiktok sound  प्रयोग गरि creative तरिकाले Khalti मार्फत् QFX को movie ticket किनेको Transition Tiktok video बनाई सहभागिता जनाउन सक्नुहुनेछ र बिजेता हुनुभएको खण्डमा रु. २५००० सम्म जित्ने मौका प्राप्त गर्नुहुनेछ। 

यस Challenge मा तपाईले २०७९ भाद्र १७ देखि २०७९ असोज ११ सम्म सहभागिता जनाउन सक्नुहुनेछ। 

Challenge सकिए पश्चात तल बताइएको तरिका अनुसार सहभागी मध्ये तिन बिजेता छानिनेछन् र उल्लेखित पुरस्कार प्राप्त गर्नेछन् ।

S.N Winners Prize Selection Criteria
1. 1st Winner (1) 25,000 On the basis of creativity
2. 2nd Winner  15,000 On the basis of creativity
3. 3rd Winner 10,000 On the basis of likes

 

 

सहभागिता कसरी जनाउने?

 

तपाईले तल बताइएको तरिका अनुसार सजिलै ‘ Khalti Tiktok Challenge’ मा सहभागिता जनाउन सक्नुहुनेछ:

1) हाम्रो official tiktok page लाई follow गर्नुहोस्।

२) हाम्रो official tiktok page मा उपलब्ध गराएको tiktok sound प्रयोग गरि creative तरिकाले Khalti मार्फत् QFXको movie ticket किनेको Transition Tiktok video बनाउनुहोस्।

३) #KhaltixQFX #MyMovieMantra प्रयोग गरि हामीलाई khalti official मा tag गर्नुहोस् र public मा पोस्ट गर्नुहोस्।

 

लागू हुने नियमहरु :

 

१) सहभागीहरूले आफ्नो Tiktok मार्फत: Hashtag #KhaltixQFX #MyMovieMantra प्रयोग गरेर हामीलाई khalti official मा tag गरि public मा पोस्ट गर्नुपर्नेछ।

२) Video पोस्ट गर्दा tiktok sound ठूलो र स्पष्ट हुनुपर्छ।

३) यस प्रतियोगिताको मुल्याङ्कन Khalti र Khalti द्वारा नियुक्त Judge मार्फत् गरिने छ। 

४) सहभागी सबै रचना Khalti ले आफ्नो प्रचार प्रसारमा प्रयोग गर्न पाउने अधिकार राख्दछ। 

५) केहि कारणले यस योजनामा फेर बदल वा योजना रद्ध गर्नु परेमा यसको निर्णय लिने अधिकार Khalti सँग रहनेछ। 

६) Post गरिएको TikTok video अन्य ब्रान्डहरूसँग सम्बन्धित हुनु हुदैन। 

7) प्रतियोगीले एक भन्दा बढी TikTok video बनाउन पाउने छैनन्।

८) TikTok Video सामाजिक नैतिकता विरुद्द हुने वा जातीय भेदभाव, दुश्मनी वा जात, धर्म वा समुदाय विरुद्ध पूर्वाग्रहबाट मुक्त हुनुपर्छ र कुनै लिङ्ग, जात वा समूहलाई चोट पुर्याउनु हुँदैन र बिपरित भएको पाइएमा सो Video Disqualify हुनेछ र कानुनी प्रक्रिया मा जानु परेको खण्डमा Khalti जवाफ दाही हुनेछैन । 

९) Khalti ले कुनै पनि समयमा बिना सूचना यो अफरका शर्तहरू थप्ने, परिवर्तन गर्ने वा रद्द गर्ने अधिकार राख्दछ।

१०) Challenge समाप्त भएको १ हप्ता पछि विजेताहरूको घोषणा Khalti को official tiktok, facebook, instagram page मा गरिनेछ।

११ ) विजेता घोषणा भएको ७ दिन भित्र विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दावी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार Khalti सँग रहनेछ ।

१२) लागू हुने कर पुरस्कारको रकमबाट काटिनेछ।

१३) विजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ जुन Khalti मा verified गरिएको KYC फारमसँग मेल खान पर्नेछ।

१४ ) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

१५) आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य घोषित गर्ने अधिकार Khalti ले राख्दछ।

 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.