नेपालको Financial Sector मा नै पहिलो पटक Wallet-based Recurring Deposit(RD) सुरु भएको छ। मञ्जुश्री फाइनान्सको सहकार्यमा Khalti मा ‘Smart Deposit’ सुविधा सुरु भएको हो जहाँ तपाईँले उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नुहुनेछ ।
Khalti को SMART DEPOSIT के हो ?
Smart Deposit एक Disciplinary Financial Tool हो जस अन्तर्गत तपाईँले आफ्नो Khalti खाताबाटै निश्चित रकम नियमित रूपमा बचत गर्न सक्नहुनेछ । तपाईँको मञ्जुश्री फाइनान्समा खाता खुल्नेछ र तोकिएको ब्याज दरमा ब्याज र रकम खातामा नै जम्मा हुनेछ ।
SMART DEPOSIT का मुख्य विशेषताहरू
आफूलाई पायक पर्ने रकम, समय अन्तराल र अवधि छनोट गर्न सकिने यसको विशेषता हो
- न्यूनतम रु १०० बाटै बचत सुरु गर्न सकिने
- अन्तराल दैनिक, साप्ताहिक वा मासिक छनोट गर्न सकिने
- समय अवधि ६ महिना देखि ६० महिनासम्म छनोट गर्न सकिने
Khalti को SMART DEPOSIT फाइदाहरू
- बचतको बानी (Saving Habit)
- उत्कृष्ट ब्याजदर (Good Interest Rate )
- आफ्नो पायक पर्ने रकम र समय छनोट
- App बाट केही Tap मै गर्न सकिने
SMART DEPOSIT सुरु गर्ने तरिका
- Khalti login गर्नुहोस्
- Financial Service मा जानुहोस्
- Smart Deposit मा tap गर्नुहोस्
- आफूले चाहेको रकम, अन्तराल र अवधि छनोट गर्नुहोस्
- बचत सुरु गर्नुहोस्
Tips: आफूले कति रकम कति अन्तरालमा कति अवधिभर बचत गर्दा ब्याजदर र पूरा रकम कति हुन्छ भनेर Calculator मा check गर्न पनि मिल्छ
ब्याजदर
नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने RD ब्याज दर अनुसार नै लागु हुनेछ ।
नियम र सर्तहरू
- 1) यदि आफूले छानेको अवधि नपुग्दै निकासी गरेमा भन्दा
– ९० दिन भित्र निकासी गर्दा ब्याज रकम saving account (सामान्य बचत खाता) को दर अनुसार प्रदान गरिनेछ
– ९० दिन पश्चात् निकासी गर्दा RD अनुसारकै ब्याज दर रहनेछ तर RD अनुसारको ब्याज रकम र saving account (सामान्य बचत खाता) को दर अनुसारको ब्याज रकम तुलना गरिनेछ। त्यसबाट आएको ‘रकम अन्तर’ र ‘रु १००’ मा जुन कम हुन्छ, त्यो रकम Charge स्वरूप तिर्नुपर्नेछ। - मञ्जुश्री फाइनान्समा पहिल्यै खाता छ भने सोही खातामा Recurring Deposit खाता खुल्नेछ र रकम जम्मा हुँदै जानेछ
- मञ्जुश्री फाइनान्समा खाता नभएता तपाईँको नयाँ खाता खुल्नेछ र सोही खातामा रकम जम्मा हुँदै जानेछ
आजै बचत गर्न सुरु गर्नुहोस्, Smart Deposit सुरु गर्नुहोस् ।
Khalti छैन ? Download गर्न यहाँ Click गर्नुहोस् 👉 CLICK HERE 👈