कल्पना गर्नुस्, तपाईँकाे साथीकाे समयमा बिल तिर्न नसकेर इन्टरनेट काटियाे । तुरून्त बिल अनुसारकाे रकम भुक्तानी नगरे इन्टरनेट नचल्ने भयाे । साथीकाे ‘खल्ती’ वालेटमा ब्यालेन्स पनि रहेनछ । अब के गर्ने ? त्यतिखेर तपाईँले ‘खल्ती’काे Send/Request फिचर प्रयाेग गरेर साथीलाई ‘खल्ती’ वालेटमा सापट दिन सक्नुहुन्छ । याे सबैभन्दा सजिलाे र छिटाे बिधि हाे ।
के हाे ‘खल्ती’काे send/request फिचर?
Send/Request काे अर्थ दुई वटा ‘खल्ती’ वालेट प्रयाेगकर्ताहरूबीच रकम पठाउने/प्राप्त गर्ने विधि हाे । Send/request मार्फत तपाईँ साथीलाई नगद पठाउन सक्नुहुन्छ अथवा साथीसँग केही रकम सापटी दिन अनुराेध गर्न सक्नुहुन्छ । तपाईँले सापटी मागेकाे जानकारी साथीलाई माेवाइलमा नाेटिफिकेसन जान्छ ।
‘खल्ती’काे send/request फिचरले कसरी काम गर्छ ?
रकम पठाउनः
- ‘खल्ती’ माेवाइल एप वा Khalti.com काे ड्यासबाेर्डमा साइन अप गरेर लगइन गर्नुहाेस् ।
- ‘खल्ती’ एपकाे हाेम स्क्रिनमा रहेकाे ‘Send/Request’ मा ट्याप गर्नुहाेस् ।
- त्यसपछि send मा ट्याप गर्नुहाेस् र कुन माेवाइल नम्बरमा नगद पठाउने हाे, त्याे नम्बर हाल्नुहाेस् ।
- तपाईँले सबै विवरण भरेपछि तपाईँले त्यसलाई सुनिश्चित (Confirm) गर्नुहाेस् ।
- अब रकम पठाउने विकल्पहरूमध्ये एक छान्नुहाेस् । त्यसपछि send मा थिच्नुहाेस् । तपाईँकाे साथीकाे ‘खल्ती’मा तुरून्तै रकम जम्मा हुन्छ ।
रकम सापटी माग्नः
- ‘खल्ती’ माेवाइल एप वा Khalti.com काे ड्यासबाेर्डमा साइन अप गरेर लगइन गर्नुहाेस् ।
- ‘खल्ती’ एपकाे हाेम स्क्रिनमा रहेकाे ‘Send/Request’ मा ट्याप गर्नुहाेस् ।
- त्यसपछि request मा थिच्नुहाेस् र जुन साथीसँग नगद सापटी माग्दै हुनुहुन्छ, उसकाे नम्बर हाल्नुहाेस् ।
- तपाईँले विस्तृत विवरण भरेपछि तपाईँले भरेकाे विवरण सुनिश्चित ( confirm) गर्न request fund थिच्नुपर्छ ।त्यसपछि तपाईँकाे साथीले रकम सापटी मागेकाे नाेटिफिकेसन माेवाइलमा पाउनु हुनेछ ।
(निश्चित गर्न तपाईँलाई ‘खल्ती’बाट तपाईँकाे माेवाइलमा म्यासेज आउने छ । त्यसपछि ‘खल्ती’ एपमा गएर तपाईँकाे ब्यालेन्स रिफ्रेस गर्नुहाेलाा ।)
सम्झनुहाेस्ः रकम पठाउने र पाउने दुवैकाे ‘खल्ती’ माेवाइल वालेटमा खाता (Khalti account) हुनुपर्छ । यदि पाउनेकाे विवरण सही भएन भने रकम पठाउने र पाउने चक्र पूरा हुँदैन ।
‘खल्ती’काे send/request प्रयाेग गरेर नगद पठाउँदा शुल्क लाग्छ?
‘खल्ती’ माेवाइल वालेटमा रहेकाे रकम पठाउँदा र पाउँदा कुनै शुल्क लाग्दैन । पठाइएकाे रकम तपाईँकाे मुख्य ब्यालेन्सबाट काटिन्छ । अरू अतिरिक्त कुनै शुल्क लाग्दैन ।
‘खल्ती’काे send/request प्रयाेग गरेर नगद पठाउँदा रकम आइपुग्न कति समय लाग्छ ?
नगद पठाउने ब्यक्तिले Send बटम थिच्नासाथ पठाएकाे नगद तुरून्तै पाउनेकाेे माेवाइल खातामा जम्मा हुन्छ । यदि तुरून्तै नगद जम्मा भएकाे देिखएन भने ‘खल्ती’ माेवाइल एपलाई लग आउट गरेर १ मिनटपछि फेरि लगइन गर्नुहाेला ।
‘खल्ती’काे send/request प्रयाेग गरेर कति रूपैयाँसम्म पठाउन सकिन्छ भन्ने कुनै सीमा छ?
राष्ट्र बैंककाे नियम अनुसार एक पटकमा निश्चित रकम मात्र पठाउन सकिन्छ । एक पटकमा पठाउन सकिने रकमकाे विवरण यस प्रकार छः
विवरण | KYC भरेका प्रयाेगकर्ता | KYC नभरेका प्रयाेगकर्ता |
प्रतिपटक अधिकतम पठाउन सकिने रूपैयाँ | रू. २५,००० | रू. ५००० |
दैनिक अधिकतम पठाउन सकिने रूपैयाँ | रू. १,००,००० | रू. ५००० |
मासिक अधिकतम पठाउन सकिने रूपैयाँ | रू. ५,००,००० | रू. ५००० |
झुक्किएर गलत ब्यक्तिलाई नगद पठाइएछ वा पठाउनु पर्नेभन्दा बढी पठाइएछ भने के हुन्छ ?
एक पटक नगद पठाइसकेपछि तपाईँले त्यसलाई रद्द गर्न सक्नुहुन्न । तपाईँले पठाएकाे ब्यक्तिलाई सम्पर्क गरेर आफूले पठाएकाे नगद फिर्ता गर्न अनुराेध गर्नुहाेस् । यदि तपाईँले झुक्किएर नगद पठाएकाे मानिससँग सम्पर्क गर्न सक्नु भएन भने हाम्राे ‘खल्ती’ टिमसँग सम्पर्क गर्नुहाेला ।