1660-01-5-8888

महिनैपिच्छे खानेपानी बिल तिर्न खानेपानी कार्यालयमा लाईन लाग्न जानु कामकाजीहरुका लागि कम्ती झन्झटिलो हुँदैन । ‘खल्ती’ मोवाइल एपले अब तपाईंलाई घरमै बसिबसि खानेपानीको बिल तिर्न पाउने सुविधा दिएको छ । 

‘खल्ती’ मोवाइल वालेट र  khalti.com  बाट घरबाटै केही मिनटमै खानेपानीको बिल तिर्न सकिन्छ । 

 

कसरी तिर्ने मोबाइलबाटै खानेपानीको बिल ?

  • वालेटको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
  • त्यहाँ पानीको थोपाको आइकोन भएको खानेपानी (Khanepani) मेनु देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाईंले यसअघि विल तिर्दै आउनु भएको खानेपानीको काउन्टर छनौट गर्नुहोस् । 
  • त्यसपछि तपाईंको खानेपानीको बिलमा भएको कस्टमर कोड (Customer Code) हान्नुहोस् ।
  • मोवाइल एपमा यति कुरा इन्ट्री गरेपछि गेट डिटेल (GET DETAILS) मा जानुहोस् । त्यसपछि खानेपानी कार्यालयको सिस्टमले तपाईंको नाम, ठेगानासहित तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ । 
  • सबै कुरा मिलेपछि तपाईंले आफ्नो अर्डर स्वीकार गर्न सक्नुहुन्छ । अब तपाइँकाे खानेपानी बिल भुक्तानी भयाे ।

Note: माघ १, २०७९ देखि Community Khanepani बिल भुक्तानीमा रू.५  शुल्क लागु हुनेछ।

 यसरी तपाईंले जहाँसुकै बसेर जहाँ प्रयोग गरेको खानेपानीको पनि मोवाइलबाटै केही मिनटमै महसुल भुक्तानी गर्न सक्नुहुन्छ ।