Khalti माेबाइल एपकाे पासवर्ड बिर्सिएर समस्यामा पर्नु भएकाे छ ? Khalti माेबाइल एप र khalti.com मा साइन इन गर्न पासवर्ड अनिवार्य रुपमा चाहिन्छ । धेरै इमेल, एपहरूमा पासवर्ड राख्नुपर्ने हुँदा कहिलेकाहिँ बिर्सिने सम्भावना हुन्छ। त्यस्ताे बेला ‘Khalti’काे पासवर्ड कसरी reset गर्ने त?
Khalti App बाट पासवर्ड कसरी Reset गर्ने:
- Khalti App खाेल्नुहाेस् ।
- त्यहाँ Login काे मुनि रहेकाे Forgot Password मा tap गर्नुहाेस् ।
- त्यहाँ तपाइँकाे माेबाइल नम्बर लेख्नुहाेस् ।
- अब Recover मा ट्याप गर्नुहाेस् ।
- तपाइँकाे माेबाइल नम्बर Khalti काे सिस्टमले भेरिफाइ गर्छ । त्यसपछि तपाइँकाे माेबाइलकाे म्यासेजमा Verification Code नम्बर आउने छ । उक्त काेड नम्बर राख्नुहाेस् ।
- अब Reset Password गर्ने ठाउँ आउँछ । त्यहाँ तपाइँले नयाँ पासवर्ड राख्न सक्नुहुन्छ ।
- नयाँ पासवर्ड दाेहाेर्याएर हाल्नुहाेस्। त्यसपछि Reset ट्याप गर्नुहाेस् ।
अब तपाइँले नयाँ पासवर्डबाट लग इन गर्न सक्नुहुन्छ ।
Khalti.com बाट पासवर्ड कसरी Reset गर्ने:
- Khalti.com मा जानुहाेस् ।
- त्यहाँ माथिल्लाे भागकाे दायाँपट्टि Login मेनु देख्नु हुनेछ ।
- त्यसमा Click गर्नुहाेस् ।
- त्यहाँ Log in पेज खुल्ने छ । त्यसमा रहेकाे Forgot Password? अप्सनमा Click गर्नुहाेस् ।
- अब तपाइँ आफूलाइ कुन माध्यमबाट Verify गराउन चाहनुहुन्छ ? तपाइँले पहिल्यै Khalti लाइ उपलब्ध गराएकाे माेबाइल नम्बर वा इमेल प्रविष्ठ (Entry) गर्नुहाेस् । त्यसपछि Request Recovery Code मा Click गर्नुहाेस् ।
- तपाइँकाे इमेल वा माेबाइलमा Verification Code म्यासेज आउने छ ।
- उक्त काेडलाइ प्रविष्ठ (Entry) गर्नुहाेस् । अनि Verify Code मा Click गर्नुहाेस् ।
- यसपछि तपाइँलाइ Reset Password गर्ने ठाउँ आउने छ । त्यहाँ आफूलाइ सम्झन सजिलाे हुने तर अरूले अनुमान लगाउन नसक्ने पासवर्ड हाल्नुहाेस् ।
- फेरि नयाँ पासवर्ड एकपटक टाइप गर्नुहाेस् । अनि Reset Password मा Click गर्नुहाेस् ।
अब तपाइँकाे नयाँ पासवर्ड Reset भयाे । नयाँ पासवर्ड हालेर Khalti.com लग इन गर्न सक्नुहुनेछ ।
Popular on Khalti Blog Now:
Khalti waives off charges on card-to-wallet fund transfer at 1.75%, previously 2%
Book a last-minute ticket from Kathmandu to Nepalgunj with Shree Airlines
अब नेपाल बैंककाे खातालाई ‘खल्ती’ सँग जाेड्नुहाेस्, सिधै बैंक खाताबाट भुक्तानी गर्नुहाेस्
डिजिटल हुनुहोस्, वालिङ नगरपालिकाकाे राजस्व आफ्नो फोनमा Khalti app डाउनलोड गरी तिर्नुहोस्