1660-01-5-8888
नगद नबोकी मोबाइलबाट नै भुक्तानी तथा कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएको ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनको एन्ड्रोइड एप डाउनलोड संख्या १ लाख नाघेको छ।

खल्ती को ‘रिफर गर्नुहोस्, खल्ती भर्नुहोस्’ भन्ने अफर पछिल्लो समयमा सामाजिक संजालमा भाइरल भैरहेको छ । यस अफर अन्तर्गत खल्ती प्रयोग कर्ता ले आफ्नो साथी वा आफन्त लाई खल्ती प्रयोग गर्न रिफर गरे बापत रु ५ हजार सम्म प्राप्त गर्न सक्नेछन । साथै खल्तीले एन्ड्रोइड एप जस्तै आइओएस एप र वेब भर्सनमा पनि राम्रो रेस्पोन्स पाइरहेको छ ।

‘खल्ती’ ले बोकेर हिँड्नुपर्ने झन्झटबाट छुट्कारा दिन्छ ।

१ बर्ष र १ महिनाको छोटो अवधीमा यस्तो उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनीष मोदीले बताए ।

“यो हामीले सोचेभन्दा धेरै राम्रो रेस्पोन्स हो । यति छोटो अवधीमै यति धेरै प्रयोगकर्ताले खल्ती प्रयोग गर्नु हुन्छ र मनपराइदिनु हुन्छ भन्ने हामीले आशा नै गरेका थिएनौँ । यसअघि शायदै कुनै नेपाली एप सोसल मिडिया मा यसरि भाइरल भएको थियो । यो उपलब्धिसँगै नगद पैसाबिनाको नेपालको सपना सफल हुन सक्ने अनुभूति दिएको छ । साथै  हामी लाई झनै ठुलो जिम्मेवारी थपिएको महसुस भएको छ ।,’ उनले भने, ‘हामीले यो रेस्पोन्स खल्तीलाई अर्को लेभलमा लैजान र थप सेवासुबिधा र बैंकहरु खल्तीसँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौँ । हामीलाई विश्वास छ खल्ती सोसल मिडियामा भाइरल हुनु र सबै युवा माझ लोकप्रिय हुनु एक नयाँ डिजिटल युगको सुरुवात र नेपाल नगद पैसा बिना को अर्थतन्त्र मा रुपान्तरण हुँदै छ भन्ने सङ्केत हो ।‘

खल्ती एपले मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य सेवा उपलब्ध गराइरहेको छ ।

गत वर्षको अक्टोबर १२ मा गुगलद्वारा आयोजित बिश्व ब्यापी स्टार्ट-अप कम्पनीहरुको प्रतिस्पर्धामा खल्ती विजेता घोषित भएको थियो। यो एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ३,००,००० भन्दा बढि रहेको छ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।