1660-01-5-8888

नेपालको एउटा कमजोरी छ जसमा हामी सबैजना परेका छौं। कमजोरी के होला त ? जता गए पनि लाइनमै बस्न पर्ने !

सिटिइभिटी (CTEVT) आवेदन दरखास्तका लागि पनि पहिले देखि नै लाइनमा बस्नुपर्ने बाध्यता थियो सबै इच्छुक व्यक्तिहरुलाई। तर अहिलेको जमाना भनेको Digital जमाना हो जहाँ हामीले घर बाटै सबै काम कुरा गर्न सक्छौं। प्रश्न उठ्छ: के Digital प्रणालीको माध्यमबाट हामीलाई राहत मिल्छ? प्रश्न संगै यसको उत्तर पनि छ: अवश्य नै !

अहिले खुलेको CTEVT को जागिरको कुरामा पनि हामीले Digital प्रणालीलाई समावेश गराउन पर्छ। ‘किन?’ भन्ने प्रश्न सबैलाई आउनु स्वभाविक नै हो। कारणहरु के के होलान त?

१ – घरबाटै आफूलाई उपयुक्त जागिरको निवेदन फारम भरी बुझाउन सकिने। आफैँ कार्यालय गएर लाइनमा बसेर घन्टौं बिताउनु नपर्ने।

२ – जागिरका लागि आवेदन दिँदा बुझाउनु पर्ने दस्तुर केहि क्लिकमै आफ्नो मोबाईलबाटै तिर्न सकिने ।

३ – Digitally भरेको हुनाले फारमहरू सुरक्षित तथा गोपनीय हुने।

माथि उल्लेखित सबै सुबिधाहरु अहिलेको Digital युगको परिणाम हो। यसमा कसैको पनि दुईमत छैन होला।

अब हामी कुरा गरौं खल्ती एपको मध्यमबाट CTEVT को भुक्तानी कसरी गर्ने भन्ने बारे। 

माथि उल्लेखित भए अनुसार, CTEVT मा विभिन्न ४८ वटा पदका लागि रोजगारीको अवसर खुलेको छ। जसका लागि अब तपाईंले घरमै बसीबसी अनलाईनबाटै आवेदन फारम भर्न र बुझाउन सक्नुहुन्छ । अब कुरा छ, दरखास्त फारम कसरी भर्ने र दस्तुर कसरी बुझाउने भन्ने बारे।

दरखास्त फारम कसरी भर्ने र भर्दा ध्यान दिनुपर्ने कुराहरु को वेबसाईटमा (यहाँ) उल्लेखित छन्।

दरखास्त फारम बुझाए पश्चात :

१ – प्राप्त भएको Application Number अनुरुप बुझाउनु पर्ने परीक्षा दस्तुर Khalti एप मार्फत बुझाउन सकिनेछ। 

२ – Khalti एप मार्फत भुक्तानी गर्रा आफ्नो User ID र Password प्रयोग गरि Login अथवा View all vacancies मा click गर्दा देखिने payment option हरु मध्ये Khalti मा click गरी ई-बैंकिङ अथवा Khalti Wallet मार्फत भुक्तानी गर्न सकिनेछ।

खल्तीमार्फत भुक्तानी गर्दा या खल्तीमा व्यालेन्स राख्दा केहि समस्या आइपरेमा हामीलाई 01-5970017 / support@khalti.com मा सम्पर्क गर्न सक्नुहुन्छ ।

खल्तीमा एप तथा वेबसाईटमा रहेको LOAD FUND अप्सनमा क्लिक गरी तपाईंले ५०+ बैंक तथा १८,०००+ सेवा केन्द्र मार्फत आफ्नो खल्ती एकाउन्टमा पैसा राख्न सक्नुहुन्छ । खल्तीमा पैसा राख्ने सम्पूर्ण तरिकाहरु थाहा पाउन यहाँ जानुहोला