1660-01-5-8888

के तपाईसंग Khalti शब्दको अर्थ (Wallet र पकेट) खुल्ने गरि नेपाली भाषामा व्यक्त गर्ने केहि कलात्मक विचार वा रचना छ? यदि छ भने उक्त  रचना लाई Puns, Punchline, tongue twister, poem, उखान टुक्का, tag lines, Rap को रुप मा लेख वा भिडियो बनाई पोस्ट गरि हामीलाई पठाउनुहोस् र Khalti Lekh Star बनि रू. ५०,००० सम्म जित्ने मौका पाउनुहुनेछ।   यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।

 

 

 

‘Khalti Lekh Star’ मा कसरी सहभागी हुने ? 

Khalti Lekh Star’ बन्नका लागि तपाइले यी प्रक्रिया पूरा गर्नुपर्नेछ :  १) आफ्नो Puns, Punchline, Tongue twister, Poem, उखान टुक्का, Tag lines, Rap रचना को रुप मा लेखि वा भिडियो बनाई आफ्नो Social Media (Facebook, Instagram, Twitter, Tiktok, YouTube) मा #KhaltiLekhstar राखी Post गर्नुपर्नेछ। २) त्यसपश्चात Khalti ले प्रदान गरेको यस Form मा सम्पूर्ण विवरण सहित आफ्नो पोस्टको लिंक राखी पठाउनु पर्नेछ ।

 

‘Khalti Lekh Star’ का बिजेताले के-के पुरस्कार प्राप्त गर्नेछन्?

  पुरस्कार  विजेता 
प्रथम पुरस्कार  रू. ५०,०००  १ जनालाई 
दोस्रो पुरस्कार  रू. २५,०००  १ जनालाई 
तेस्रो पुरस्कार  रू. १५,०००  १ जनालाई 
सान्त्वना पुरस्कार  रू. ५,०००  ५ जनालाई 

यसका साथै जना बिजेताले Khalti को भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन्।  

 

अब पर्खाइ के को? पठाउने हैन त Puns देखि Punchlines सम्म ? 

मुल्याङ्कन गर्ने प्रक्रिया: यस प्रतियोगिताको मुल्याङ्कन Khalti र Khalti द्वारा नियुक्त Judge मार्फत् गरिने छ जसको प्रक्रिया यस प्रकारको रहेको छ: 

  1. दुबै निर्णायकहरुले व्यक्तिगत रूपमा पठाईएको रचनालाई १ देखि 10 सम्म अंक दिनुहुनेछ।
  2. दुबै निर्णायकले दिनुभएको अंक मिलाएर औसत अंक गणना गरिनेछ। 
  3. सो अंक अनुसार पहिलो, दोश्रो, तेस्रो, र सान्त्वना पुरस्कारको विजेता घोषणा गरिनेछ।

 

निर्णायकहरू: 

Rownika Shrestha: भाषामा कविता, Rap, कथा, तथा विभिन्न लेख लेख्न रुचाउने उहाँ Khalti मा Content and Social Media Department सम्हाली रहनुभएको छ । हँसाउने देखि भावुक बनाउने सम्म हरेक प्रकारका लेख लेख्न र प्रदर्शन गर्न रुचाउने उहाँले बाल कथा पुस्तकहरू पनि लेख्नुभएको छ । Alina Tuladhar: Khalti को ब्राण्डलाई सहि दिशामा कसरी लग्ने स्ट्राटेजी बनाउनेमा  अनुभवी, भिजुअल, UI/UX, र ग्राफिक डिजाइनको पृष्ठभूमि हुनुभएको उहाँ हाल खल्तीमा Brand and Design Department सम्हाली रहनुभएको छ । उहाँले क्रिएटिभ तरिकाले आफ्नो डिजाइनलाई आकार दिने कार्य गर्नुहुन्छ।

 

लागू हुने  नियमहरु :

  1. सहभागीहरूले आफ्नो Social Media (Facebook, Instagram or Tiktok)  मार्फत:  #KhaltiLekhstar Hashtag हरू प्रयोग गरि पोस्ट गर्नुपर्नेछ।
  2. पठाईएको रचना नेपालीमा हुन पर्नेछ। 
  3. रचना आफ्नै हुनुपर्नेछ। अर्काको रचना वा पहिले कतै वाचन, प्रकाशित भएको रचना पठाउन पाईने छैन । 
  4. अरुको रचना पठाइएको पाइएमा सहभागिता रद्द गरिनेछ 
  5. रचना लेख, भिडियो वा अडियो जुनसुकै माध्यममा हुन सक्नेछ। 
  6. रचनामा Khalti शब्दको प्रयोग पकेट र डिजिटल वालेट दुबै अर्थमा हुनपर्नेछ। 
  7. ‘खल्ती’ को उपयोगिता जनाउदै पैसा राख्नमा कसरी प्रयोग गरिन्छ सो समेत खुल्ने गरी रचना सृजना गर्नु पर्नेछ । 
  8. पठाइएको सबै रचना Khalti ले आफ्नो प्रचार प्रसारमा प्रयोग गर्न पाउने अधिकार राख्दछ। 
  9. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti सँग रहनेछ।  
  10. पठाइएको रचना अन्य ब्रान्डहरूसँग सम्बन्धित हुनु हुदैन।  
  11. प्रतियोगीले एक भन्दा बढी रचना पठाई सहभागी हुन सक्नेछन्। 
  12. रचनाहरु सामाजिक नैतिकता विरुद्द हुने वा जातीय भेदभाव, दुश्मनी वा जात, धर्म वा समुदाय विरुद्ध पूर्वाग्रहबाट मुक्त हुनुपर्छ र कुनै लिङ्ग, जात वा समूहलाई चोट पुर्याउनु हुँदैन।
  13. Khalti ले कुनै पनि समयमा बिना सूचना यो अफरका शर्तहरू थप्ने, परिवर्तन गर्ने वा रद्द गर्ने  अधिकार राख्दछ।
  14. विजेता घोषणा भएको ३० दिन भित्र विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दावी  नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार Khalti सँग रहनेछ ।
  15. लागू हुने कर पुरस्कारको रकमबाट काटिनेछ।
  16. विजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ जुन Khalti मा verified गरिएको KYC फारमसँग मेल खान पर्नेछ।
  17. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  18. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य घोषित गर्ने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.