1660-01-5-8888

 

  • Khalti Suraksha के हो ?

तपाईको स्वास्थ्य र खल्तीको सुरक्षालाई प्राथमिकतामा राखेर Khalti ले प्रति वर्ष रु. 350 मा Khalti Suraksha प्याकेज उपलब्ध गराएको छ। यस प्याकेज अन्तर्गत Himalayan Everest Insurance द्वारा वार्षिक रु. २३०,००० सम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा पाउनु  का साथै तपाईले Samyak Diagnostic, Drishti Eye Care Center, Eazy Care, Folliderm Healthcare Pvt. Ltd., Elara Clinics जस्ता स्वास्थ्य सम्बन्धित कम्पनीहरुबाट आकर्शित छुट प्राप्त गर्नुहुनेछ। 

 

  • Khalti Suraksha किन किन्ने ?

Khalti प्रयोगकर्ताले package मार्फत १ वर्षसम्म न्यूनतम मूल्यमा विभिन्न स्वास्थ्य सेवाहरु मा आकर्षित अफरहरु पाउन सक्नुहुन्छ। यो package Khalti मा मात्र रू.३५० मा उपलब्ध हुनेछ। 

 

Khalti Suraksha प्याकेज कसरी खरीद गर्ने? 

१) Khalti app को Homescreen मा रहेको ‘Insurance Services ’ मा ट्याप गर्नुहोस्

२) ‘Khalti Suraksha’ मा ट्याप गर्नुहोस्

३) Khalti खातामा उपलब्ध गराए अनुसार तपाईको विवरण र रकम स्वतः भरिनेछ 

४) उपयुक्त भुक्तानी प्रक्रिया छनोट गरि भुक्तानी गर्नुहोस्  रकम भुक्तानी भए पश्चात Himalayan Everest Insurance साथै Khalti (SMS) मार्फत तपाईको सेवा सुचारु भएको जानकारी प्राप्त हुनेछ। *एकपटक खरिद गरिसकेको प्याकेज Refund हुने छैन

 

  • Khalti Suraksha को फाईदा हरु के के छन्?

Khalti Suraksha बीमा सेवा हो जहाँ तपाईले Rs. 2,30,000 सम्म को अस्पताल र दुर्घटना बीमा तथा  रू. १,५०,००० भन्दा बढी स्वस्थ फाइदा जस्तै: ल्याब परीक्षणमा 30% छुट, आँखा ओपीडीमा 50% छुट, औषधिमा 12% छुट साथै निःशुल्क डेलिभरी,  हेयर केयर क्लिनिक, ७०० खल्ती प्वाइन्ट र अन्य धेरै फाइदाहरु पाउन सक्नुहुन्छ।

 

  • Khalti Suraksha को अफर कति समय को लागि मान्य हुनेछ?

        अफरहरू Khalti Suraksha को खरिद मिति देखि एक वर्षसम्म मान्य हुनेछन्।

 

  • Khalti प्रयोगकर्ता ले कति पटक प्रस्तावहरू दाबी गर्न सक्छन्?

       Khalti Suraksha तल दिएको Validity date अनुसार दाबी गर्न सकिन्छ:

Partner 

Validity 

Himalayan Everest Insurance Ltd

१ वर्ष 

Samyak Diagnostic

वार्षिक तिन पटक

Drishti Eye Care Center

वार्षिक एक पटक 

Eazy Care 

हरेक पटक १ वर्ष सम्म

Folliderm Healthcare Pvt. Ltd

वार्षिक एक पटक (पहिलो 1000 जनालाई)

Elara Clinics 

वार्षिक ‘एक पटक’

   

 

 

  • स्वास्थ्य बीमा तथा दुर्घाटना उपचार अन्तर्गत को  सुबिधाहरू के छन्?

दुर्घाटना उपचार अन्तर्गत को  सुबिधाहरू: 

        १) अस्पतालको बेड चार्ज : रु. १०,००० सम्म 

        २)  मृत्यु र अशक्तता खर्च:  रु. १००,००० सम्म

        ३)  दुर्घटना चिकित्सा खर्च: रु.१००,००० सम्म

        ४) अन्त्येष्टि यातायात खर्च: रु.१०,००० 

        ५) अन्त्येष्टि खर्च: रु.१०,००० 

 

  • दुर्घटना बीमाको दाबी प्रक्रिया के हो?

Insurance रकम दाबी गर्न Himalayan Everest Insurance office अथवा 9801970933 / 9801970934 लाई निम्न उल्लेखित कागज सहित ३५ दिन भित्र सम्पर्क गर्नुपर्नेछ: 

          १) अस्पताल डिस्चार्ज समरी 

          २) सक्कल बिल, 

          ३) दाबी फारम (दावीकर्ताले मात्र पूरा गर्न पाउने) 

         ४) बिमितको नागरिकता  

 

  • दुर्घटना बीमामा के कभर गरिएको छैन?

१) नियमित आँखा परीक्षण, दन्त उपचार जस्ता अन्य परीक्षणहरूको लागि दावी गर्न मिल्दैन। साथै कुनै पनि रोगका कारण आकस्मिक निधनमा पनि यो दावी हुनेछैन। 

२) गर्भावस्था, गर्भपात, गर्भपतन, गर्भनिरोधक, नसबंदी वा बांझपन उपचारको गर्भावस्था जटिलताहरुलाई मान्य हुने छैन। 

३) मानसिक वा नर्भस विघटन, जन्मजात वा वंशाणुगत दोष वा अवस्थाहरू जस्तै HIV Aids  वा कुनै पनि यौन संचारित रोग, मद्यपान वा पदार्थ दुरुपयोग आत्म-प्रेषित चोट, आत्महत्या वा कुनै प्रयास, र अंग प्रत्यारोपण वैकल्पिक शल्यक्रिया मान्य हुनेछैन।

४) कुनै पनि पूर्व-अवस्थित समस्या साथै बिमा लिनु अघि नै उपचार सुरु भई आउँदो  12 महिनाको अवधिमा उपचार पुरा भएको समस्याकालागि दाबी गर्न पाईने छैन।

५)  प्रोस्थेसेस कस्मेटिक प्लास्टिक वा पुनर्निर्माण शल्यक्रिया यदि त्यो बीमा गरिएको चोटको परिणाम नभएमा दाबी गर्न पाइने छैन।

६) नेपाल बाहिर भएको अस्पताल खर्च मान्य हुनेछैन। 

७) प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्ध, आक्रमण, विदेशी शत्रुको कार्य, शत्रुता (युद्ध घोषणा होस् वा नहोस्), गृहयुद्ध, विद्रोह, क्रान्ति, सेनाद्वारा विद्रोहका कारण भएको अस्पताल भर्ना वा उपचार मान्य हुनेछैन।

८) बीमित व्यक्तिले नेपालको कानुन उल्लङ्घन गरेको अवस्थामा भएको खर्च समेटिने छैन।

९)  Covid-19 / कोरोनाभाइरस दाबीहरूमा 15 दिनको बहिष्करण अवधि हुनेछ ।

 

  • Khalti Suraksha को उद्देश्य के हो?

    १) जोखिम न्यूनीकरण

   २) आर्थिक सुरक्षा

   ३) कम मूल्य मा उच्च लाभ 

   ४) भविष्य को बचत

 

Khalti खाता छैन? Download now 

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.   

For more info:  Khalti Suraksha – रु २,३०,००० सम्मको बीमा सुबिधा मात्र रु ३५० मा