1660-01-5-8888

 

तपाईंको प्रत्येक सेकेन्डको हामीलाई महत्व छ जुन बचाउन बिगत चार वर्ष देखि निरन्तर लागि परेका छौँ। त्यहि प्रयत्नको फल स्वरुप हामीले ल्याएका छौँ Flutter मा निर्मित नयाँ स्वरुप Khalti ३.० को Beta Versionयसको  उद्देश्य परिक्षण चरण सफलतापूर्वक पार गरिसकेको Khalti एप को अन्तिम रिलीज पुर्व तपाईंको प्रतिक्रिया प्राप्त गरी यसलाई अझ सुधार गर्नु हो। 

यो सेवा नयाँ भएकोले सुधारका थुप्रै ठाउँहरु हुन सक्नेछन्। यसको लागि तपाईंले हामीलाई आफ्नो सल्लाह सुझाव दिई Khalti को सेवा तथा सुविधा लाई थप स्तरीय बनाउन आफ्नो योगदान पुर्याउन अनुरोध गर्दछौं। 

आजै Khalti को नयाँ स्वरुप Khalti ३.० अपडेट गर्नुहोला ! 

 

Flutter भनेको के हो? 

Flutter, Google ले विकाश गरेको एक खुल्ला Software Development Kit (SDK) हो। यो तुलानात्मक रुपमा छिटो र सजिलो रहेको छ। वालेट उद्योगमा अन्तर्राष्ट्रिय दिग्गज कम्पनीहरु जस्तै Google Pay र Alipay ले पनि यही प्ल्याटफर्मको प्रयोग गरिरहेका छन् । 

Flutter ले Developers हरुलाई कुनै पनि वस्तु तथा सेवाहरुको एपमा Launch गर्न सजिलो बनाउँछ साथै तपाईलाई पनि छिटो समयमा सेवाहरु सजिलै उपलब्ध गराउँछ। 

 

 

के छ त नयाँ Khalti मा ?

User Interface (UI) मा भारी परिवर्तन आए सँगै Khalti ले प्रयोगकर्ताहरुको सहजताको लागि अनेक नयाँ सुविधाहरु थप गरेको छ। यस अन्तर्गत केहि हुन्:

 

Universal Search 

यस सेवा बाट तपाइले Khalti मा उपलब्ध सबै सेवाहरु खोज्न सक्नुहुन्छ। Universal Search, Khalti होम स्क्रिनको माथि दाहिने साइड मा पाउन सक्नुहुन्छ । 

 

My Payments 

My Payment बाट तपाईंले आफ्नो Save Payments गर्नुभएको भुक्तानीको रिमाइन्डर राख्न सक्नुहुन्छ। 

भुक्तानी save गर्न कुनै पनि सुविधाको Khalti बाट भुक्तानी गरिसकेपछि Transaction History मा गई त्यो भुक्तानी मा क्लिक गर्नुहोस् र Save payment अप्सन मा ट्याप गर्नुहोस्। अर्को पटकको कति दिन पछि रिमाइन्ड गराउने जानकारी दाखिला गरी Save Payment मा थिच्नुहोस्। यसले तपाईंलाई अर्को पटक भुक्तानी गर्न सम्झाउने छ। 

सेभ गरिएको भुक्तानी Menu अप्सन भित्र रहेको My Payments मा क्लिक गरि हेर्न सक्नुहुनेछ। 

 

Khalti MPIN

पहिले Khalti PIN को रुप मा जानिने यो चार अंकको Pin Verification हो जुन एप लग इन गर्न, अनलक गर्न, र भुक्तानी गर्ने समयमा प्रयोग गर्न सक्नुहुन्छ। यो तपाईंले एक पटक सेट गर्नुभए अनुरुप प्रयोग गर्न वा नगर्न सक्नुहुन्छ । 

Khalti MPIN सेट गर्न को लागि Khalti को होम स्क्रिनमा सबै भन्दा तल रहेको Secure Khalti App & Support मा गर्नुहोस्। 

 

Fast-Forward Payment

यस सेवा बाट तपाईले Fast Forward अप्सन सेलेक्ट गरि भुक्तानी गर्न खोज्नु भएको रकम Khalti वालेट मा पर्याप्त भएको खण्डमा कुल रकम सिधै Khalti Balance बाट भुक्तानी गर्न सक्नुहुन्छ। जस्तै रू. १०० को रिचार्ज गर्न परेमा Khalti होम स्क्रिन को TopUp आइकनमा ट्याप गरि आफ्नो मोबाइल नम्बर र कुल रकम दाखिला गरि Fast Forward मा ट्याप गर्नुहोस्।अब PAY बटन मा क्लिक गरि सिधै गर्न सक्नुहुन्छ। 

 

Split Payment

Khalti Wallet मा पर्याप्त पैसा नभएको अवस्थामा अब तपाईले सबै भन्दा पहिले आफ्नो वालेटमा भएको रकम प्रयोग गरि बाँकी रकम उपलब्ध विकल्पहरु (Linked Bank Account, Mobile Banking, eBaking) सेलेक्ट गरि एकसाथ आफ्नो भुक्तानी गर्न सक्नुहुन्छ। जस्तै: तपाईंलाई २०० को रिचार्ज गर्नु छ तर तपाईको वालेट मा रु. १०० मात्र छ। यस्तो अवस्थामा Khalti को TopUp आइकन मा जानुहोस् र आफ्नो नम्बर र कुल रकम दाखिला गरि Proceed To Pay मा क्लिक गर्नुहोस्। अब देखाईएको अप्सनहरु मध्ये एक छानेपछि PAY मा थिची कुल रकम एकसाथ भुक्तानी गर्नुहोस्। 

 

Revised Khalti Points

Khalti Points मा पाउनुहुने Reward परिवर्तित तथा सुदृढ भएको छ । Khalti को होम स्क्रिनमा रहेको Menu अप्सन मा गई Khalti Points मा क्लिक गरेपछि हेर्न सकिन्छ। साथै Khalti Points पुगेको खण्डमा तपाइले सुचीमा उपलब्ध गिफ्ट पनि Redeem गर्न सक्नुहुनेछ । रिडिम गर्दा प्राप्त हुने व्यालेन्स थाहा पाउन तलको तालिका हेर्नुहोस्। 

Khalti Points  Redeem for Khalti Balance Promo Code
5000 Points Rs. 50 worth Khalti Balance Coupon
10000 Points Rs. 100 worth Khalti Balance Coupon
20000 Points Rs. 200 worth Khalti Balance Coupon
50000 Points Rs.500 worth Khalti Balance Coupon
100000 Points Rs 2000 worth Khalti Balance Coupon
200000 Points Rs. 2000 worth Khalti Balance Coupon
500000 Points Rs.5000 worth Khalti Balance Coupon
1000000 Points Rs. 10000 worth Khalti Balance Coupon

 

नोट: प्रोमो कोड रिडिम गरि प्राप्त गरिएको पैसा कुनै बैंक वा कुनै खल्ती अकाउन्ट मा ट्रान्सफर हुनेछैन। खल्ती एप भित्र बाटै कुनै बिलको भुक्तानी गर्दा भने उक्त व्यालेन्स प्रयोग गर्न सकिन्छ। 

 

Revamped Bazaar Section

नयाँ Khalti Bazaar Section पनि अपडेट गरिएको छ। अब तपाई सजिलै Khalti को होम स्क्रिन मा रहेको Bazaar Section मा गई विभिन्न व्यवसायीहरुले प्रदान गर्ने सेवाहरु सजिलै हेर्न सक्नु हुनेछ र सेवा तथा सुविधाको भुक्तानी गर्न सक्नुहुन्छ ।

 

In-app Support & in-app Video

भुक्तानी सम्बन्धि कुनै समस्या आएमा वा जिज्ञासा भएमा तपाइले सजिलै Khalti को अन्तिममा रहेको Khalti Help & Support मा ट्याप गरी उपलब्ध माध्यमबाट हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ । 

 

अनि Khalti ३.० कसरि Update गर्ने त ?

Khalti App Update गर्न Khalti.com/app क्लिक गरि Update बटन मा Tap गर्नुहोस्। 

 

सल्लाह/सुझाव दिन परेमा कसरी दिने ?

Khalti एप चलाउँदा कुनै समस्या देखा परेमा Khalti Flutter Reporting Form भरी हामी लाई पठाउन सक्नुहुन्छ। त्यो समस्या चाँडो भन्दा चाँडो सुल्झाई हामी तपाईंको App को अनुभव अझै राम्रो गर्न प्रयासरत रहनेछौं। 

Khalti को नया स्वरूप Khalti ३.० आजै अपडेट गरि आफ्नो प्रतिक्रिया दिनुहोस्। 

Khalti को विभिन्न अभियान, अफर, र सेवाहरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।