1660-01-5-8888

‘खल्ती’ माेवाइल एपबाट तपाईँले दैनिक रूपमा किनमेल गर्ने, विभिन्न बस्तु तथा सेवा खरिद गरेकाे विल तिर्ने, रेमिटान्स पठाउने/प्राप्त गर्ने, खल्तीमा बैंकबाट नगद लाेड गर्ने, खल्तीमा जम्मा भएकाे रकम बैंक खातामा पठाउने गरिरहनु भएकाे छ । लामाे समयपछि तपाईँले गरेकाे काराेबार विवरण माेवाइलमै कसरी प्राप्त गर्ने ? 

खल्तीले पहिले गरेकाे काराेबारकाे विवरण सजिलै उपलब्ध गराउँछ । 

 

खल्ती माेवाइल एपबाट कसरी हेर्ने काराेबार विवरण (Transaction History) ?

  • ‘खल्ती’ माेवाइल एप खाेल्नुहाेस् ।
  • एपकाे सबैभन्दा तल दाहिनेतिर Transaction मेनु देख्नुहुनेछ । त्यसमा Tap गर्नुहाेस् ।
  • त्यहाँ तपाईँले खल्ती एपमार्फत गर्नु भएकाे काराेबारकाे सम्पूर्ण विवरण देख्न सक्नुहुनेछ । 

सबै विवरण एकएक गरी हेर्दैजानु झण्झटिलाे हुन्छ । त्यसैले तपाईँ यसलाई फिल्टर गरेर आफूलाई चाहिएकाे Transaction मात्र खाेज्न सक्नुहुन्छ ।

  • Transaction पेजमा निलाे गाेलाकारभित्र साेली (funnel) आइकाेन देखिने छ । त्यसमा Tap गर्नुहाेस् ।
  • त्यहाँ कुन मितिदेखि कुन मितिसम्मकाे काराेबार हेर्न चाहेकाे हाे, दुवै मिति प्रविष्ठ (Entry) गरेर Apply मा Tap गर्नुहाेस् । सिस्टमले तपाईँले खाेज्नु भएकाे मितिभित्रकाे सबै काराेबारकाे विवरण देखाउने छ । 

यसबाहेक तपाईँकाे काराेबार सफल भए नभएकाे (Status), बैंकसँगकाे रकम आदानप्रदान, शुल्क लगायतकाे काराेबार (Type) र बस्तु तथा सेवा खरिद गर्दा तपाईँले कुनै फर्म/कम्पनीलाई गर्नु भएकाे भुक्तानी (Service) काे छुट्टाछुट्टै काराेबार विवरण पनि फिल्टर गर्न सकिन्छ । 

  • त्यसका लागि Transaction पेजमा रहेकाे निलाे गाेलाकारभित्र साेली (funnel) आइकाेनमा Tap गर्नुहाेस् ।
  • त्यहाँ तपाईँले तीन वटा मेनुहरू STATUS, TYPE र SERVICE देख्नुहुनेछ । ती मध्ये तपाईँलाई कुन काराेबारकाे विवरण चाहिएकाे हाे । त्यसमा गएर दिइएकाे मेनुमा ठीक (Tick) चिन्ह लगाउनुहाेस् । त्यसपछि Apply मा Tap गर्नुहाेस्  ।
  • तपाईँले खाेजेकाे काराेबारकाे सबै विवरण खल्ती माेवाइल एपले तपाईँलाई देखाउने छ ।

 

Khalti.com बाट Transaction History खाेज्नः

  • Khalti.com मा लगइन गर्नुहाेस् ।
  • लगइन भएपछि पेजकाे बायाँ भागमा रहेकाे मेनु लिस्टमा Transaction History देख्नुहुनेछ । त्यसमा Click गर्नुहाेस् । 
  • त्यहाँ तपाईँले गर्नु भएकाे काराेबारकाे सम्पूर्ण विवरण देख्न सक्नुहुनेछ । 

सबै विवरण एकएक गरी हेर्दैजानु झण्झटिलाे हुन्छ । त्यसैले तपाईँ यसलाई फिल्टर गरेर आफूलाई चाहिएकाे Transaction मात्र खाेज्न सक्नुहुन्छ ।

  • त्यसका लागि Transaction पेजमा सबैभन्दा माथि Transaction History देखिने छ । त्यसमा काराेबार विवरण खाेज्ने विभिन्न विकल्प उपलब्ध छन् । 
  • तपाईँले गरेकाे काराेबारकाे माेवाइल नम्बर र इमेलका आधारमा खाेज्न सक्नु हुनेछ । त्यसबाहेक काराेबार सफल भए नभएकाे (Status), बैंकसँगकाे रकम आदानप्रदान, शुल्क लगायतकाे काराेबार (Type) र बस्तु तथा सेवा खरिद गर्दा तपाईँले कुनै फर्म/कम्पनीलाई गर्नु भएकाे भुक्तानी (Service) काे छुट्टाछुट्टै काराेबार विवरण पनि फिल्टर गर्न सकिन्छ । त्यस्तै कुनै निश्चित मितिदेखि अर्काे मितिसम्मकाे काराेबार हेर्न दुवै मिति प्रविष्ठ (Entry) गरेर त्यस अबधिमा भएकाे सम्पूर्ण काराेबारकाे विवरण खाेज्न सकिन्छ ।
  • दिइएका बिकल्पमध्ये आफूलाई चाहिएकाे विवरण प्रविष्ठ गराएपछि तपाईँले Filter बटममा Click गर्नु पर्छ । त्यसपछि तपाईँले खाेजेकाे सम्पूर्ण विवरण सिस्टमले देखाउने छ ।

तपाईँले खाेजेकाे विवरण Transaction History पेजकाे माथिल्लाे भागकाे दायाँपट्टि रहेकाे EXPORT बटममा Click गरेर कम्प्युटरमा एक्सेल फर्म्याटमा डाउनलाेड गरेर राख्न सक्नुहुन्छ । 

तपाईंको खल्ती आइडी छैन ? दुई मिनेटमै खल्तीमा अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोला