पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ तथा नायक आर्यन अधिकारी अभिनित चलचित्र बाँध मायाले यही असोज ५ गतेबाट देशभरिका विभिन्न हलहरुमा प्रदर्शनमा आउँदैछ । फिल्म रिलिज हुने मिति नजिकिँदै गर्दा र रिलिजलाई अझै रोचक बनाउन बाँध मायाले युनिटले एउटा नयाँ अफर सार्वजनिक गरेको छ । उक्त अफर अनुसार ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत फिल्म टिकट किन्ने सबैले १५ प्रतिशत पैसा फिर्ता पाउनेछन् ।
यो अफर गोंगबुमा रहेको बिएसआर मुभिज, कमलादीमा रहेको क्युज सिनेमाज, चाबहिलमा अवस्थित एफक्युब सिनेमाज र पोखरा न्युरोडमा रहेको मिडटाउन ग्यालरीयामा उपलब्ध हुनेछ।
फिल्म टिकट बुक गर्नका लागि प्रयोगकर्ताले खल्ती एप वा वेबसाइटमा गएर आफ्नो खल्ती आइडी खोली लगइन गर्नुपर्ने हुन्छ । ‘खल्ती’मा लगइन गरिसकेपछि होम स्क्रीन मा गएर केहि ट्यापमै आफूलाई पायक पर्ने हल, उपयुक्त समय, र सिट रोजेर फिल्म टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ । पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउनेछ ।
यो अफर हलमा फिल्म चल्दासम्म, सबै दिन र सबै शो हरुमा उपलब्ध हुनेछ ।
यस अफरका बारेमा जानकारी गराउँदै ‘खल्ती’का निर्देशक ध्रुब अधिकारीले भने,
खल्तीले आफ्नो एप र वेबसाइटबाटै टिकट किन्न मिल्ने र पैसा तिर्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ । र, यो नेपालको एक मात्रै डिजिटल वालेट हो जसमा एप र वेबसाइट बाटै टिकट खरिद गर्न, आफूले चाहेको हल र फिल्मको टिकट बुक गर्न र पैसा तिर्न सकिन्छ । ‘बाँध मायाले’ फिल्मसँग मिलेर फिल्म दर्शकमाझ यो अफर ल्याउन पाउँदा हामी हर्षित छौँ ।
त्यस्तै, यो पार्टनरशिपबाट उत्साहित बाँध मायाले फिल्मका निर्देशक सविर श्रेष्ठले भने,
खल्तीसँगको सहकार्यमा हामीले भर्खरै फेसबुक पेजमा ‘प्रश्नोत्तर प्रतिस्पर्धा’ सम्पन्न गर्यौँ। नेपाली फिल्मका दर्शक र हाम्रा शुभचिन्तकहरुले उक्त क्याम्पेन एकदमै मनपराइदिनु भयो । ‘प्रश्नोत्तर प्रतिस्पर्धा’मा सहभागी भएका प्रत्येक विजेतालाई ‘खल्ती’का तर्फबाट पाँच सय रुपैयाँको रिचार्ज कार्ड पनि प्रदान गरियो । खल्ती एक उदयमान र युवामाझ लोकप्रिय मोबाईल वालेट हो । हाम्रा नेपाली फिल्म दर्शकले खल्ती सँगको सहकार्यमा ल्याइएको यो अफर पनि मन पराउनुहुनेछ र भरपुर फाइदा लिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
सविर श्रेष्ठद्वारा निर्दे्शित ‘बाँध मायाले’ पूर्ण रुपमा लभस्टोरी कथामा आधारित चलचित्र हो ।
‘बाँध मायाले’ चलचित्रका निर्माता रामहरि धिताल र विभिसिका श्रेष्ठ हुन् । बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्का लगायतको अभिनय रहेको छ ।