1660-01-5-8888

खल्ती डिजिटल वालेट

(नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त “भुक्तानी सेवा प्रदायक”) का तर्फबाट

अत्यन्त जरुरी सुचना

नेपाल सरकारद्वारा प्रतिबन्धित गैरकानूनी क्रियाकलापहरु जस्तै 1xbet तथा अन्य अनलाइन सेवामा खल्ती खाताहरुको
दुरुपयोग भएको जानकारीकोसम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ कानूनद्वारा स्पष्ट रुपमा गैरकानूनी भनि
ईंगित गरिएको यस्तो गतिबिधिमा संलग्न पाइएका खाताहरुलाई कारवाही स्वरुप बन्द गर्ने तथा प्रचलित कानून बमोजिम
अन्य कारवाही समेत हुने भएकाले अब उत्प्रान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण ग्राहक
महानुभावहरुमा जानकारी गराउँदछौ । साथै आगामी दिनहरुमा हुनसक्ने कुनैपनि गैरकानूनी गतिविधिमाथि अझै थप कडाईका
साथ अनुगमन गरि आवश्यक कानूनी कारवाही समेत गरी सुरक्षित डिजिटल कारोबार कायम गर्ने हाम्रो प्रतिवद्धता व्यक्त
गर्दछौ । 1xbet लगाएत कुनैपनि सट्टेवाजी गतिविधि गर्ने गराउनेसँग खल्तीको कुनै सहकार्य नरहेको स्पष्ट जानकारी गराउँदै
यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न खाताहरु विरुद्ध उजूरी दिन कृपया legal@khalti.com मा ईमेल गर्न
हार्दिक अनुरोध गर्दछौं ।

सहयोगका लागि धन्यबाद ।
कानून तथा अनुपालना विभाग
खल्ती डिजिटल वालेट

सुरक्षित खल्ती खाता संचालन सम्बन्धमा

 

देशको ग्रामिण तथा दुर्गम लगायत हरेक क्षेत्रका जनसमुदायमाझ वित्तीय सेवाको पहुँच पुर्याउने मनसाय राखी खल्तीले
आफनोसेवा सुविधा विस्तार गर्दै आएको कुरा यहाँ ग्राहकमहानुभावहरुलाई विदितै छ। यसै क्रममा सुरक्षित डिजिटल भुक्तानी
सेवाको लागि नेपाल सरकारद्वारा प्रतिबन्धित सेवाहरुको भुक्तानी बाहेकका अन्य भुक्तानीहरु गर्दा आफुले चिनेको खल्ती
खातामा मात्र गर्नुहोला साथै आफ्नोखल्ती खाताको पासवर्ड र One Time Password (OTP) अन्य कुनै व्यक्तिलाई
जानकारी नगराउनुहोला भनी बिनम्र अनुरोध गर्दछौं।
खल्ती खाताको प्रयोग अन्य व्यक्ति वा निकायलाई ठग्न, प्रतिबन्धित सेवाहरुको भुक्तानी प्राप्त गर्न, सम्झौता गरिएको बाहेक
अन्य सेवाको भुक्तानी लिन तथा गलत जानकारी सहितको खाता प्रयोग गरिएको पाइएमा निजको खल्ती खाता बन्द गरी
यस्तो कार्य गरेको वा यस्तो कार्यमा मतियार हुने व्यक्तिलाई प्रचलित कानून बमोजिम थप कारवाही समेत गरिनेछ।्र
अनुसन्धान गर्ने क्रममा प्रचलित कानून विपरित कुनै कारोवार गरेको भनी श्ांका लागेमा त्यस्तोखाता अस्थायी रुपमा बन्द
गरी सो खाताबाट भएको कारोवारकोपुनः प्रमाणीकरण गरिनेछ। तसर्थ बन्द भएको खाता २१ दिन भित्र प्रमाणीकरण गर्न
नसकेको खण्डमा सो खाता बन्द गरी यस कार्यालयलाई हुन गएको नकारात्मक असरको गम्भीरताका आधारमा यस
कार्यालयले कानून बमोजिम जरिवाना सहित कानुनी कारवाही समेत गर्न सकिने व्यवहोराको जानकारी गराउदछौं।

थप जानकारीको लागि dispute@khalti.com  मा पत्राचार गर्नुहोला।