1660-01-5-8888

के तपाईं लोकसेवा आयोग वा कोरीयन भाषा परीक्षा तयारी गर्ने सोँचमा हुनुहुन्छ ? अनि तयारी कक्षाहरु कहाँ गएर पढ्ने भन्ने अलमलमा हुनुहुन्छ ? के तपाईंले पढ्नका लागि गुणस्तरीय किताब वा अन्य पठन सामग्री पाउनुभएको छैन ? तपाईं मात्रै होइन, तपाईं जस्तै दशौँ हजार युवाहरु परीक्षा तयारीका बेला यस्तै कन्फ्युजनमा पर्नुहुन्छ ।

सरकारी जागिरलाई अहिले पनि सबैभन्दा सुरक्षित र भरपर्दो करिअरका रुपमा लिइन्छ । त्यसका लागि लोकसेवा परीक्षा पास गर्नु पर्छ । त्यसैले, वर्षेनी लाखौँ युवाहरु लोकसेवा परीक्षामा सामेल हुने गर्छन् त्यस्तै, कोरिया जान खर्च पनि कम लाग्ने तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ५५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् रोजगार अनुमति (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ गत वर्ष संचालित कोरियन भाषा परीक्षामा झन्डै लाख जना सामेल भएका थिए तर यी दुबै प्रकारका परिक्षाको तयारीका लागि गुणस्तरीय किताब तथा अन्य तयारी सामग्रीको भने सधैँ अभाव खड्किइरहेको देखिन्छ

अब तपाईं यसरी चिन्तित हुनु पर्दैन । लोकसेवा आयोग तथा कोरियन भाषा परीक्षाको तयारी अब मोबाईलबाटै गर्न सकिने भएको विगत लामो समय देखि अन्लाईन शिक्षामा खोज अनुसन्धान गरिरहेको नेपाली कम्पनी ओटिश डटकमले अधिकांश परीक्षा तयारी गरीरहेका युवालाई मध्यनजर गरी यस प्रकारको अन्लाईन सिकाई प्रणाली बजारमा ल्याएको तपाईंसँग इन्टरनेटको पहुँच भने तपाईं जहाँ रहेर पनि जुनसुकै बेला परिक्षा तयारी गर्न सक्नुहुन्छ साथै परीक्षा तयारी शुल्क पनि खल्ती प्रयोग गरेर अनलाईनबाटै तिर्न सकिने भएको

ओटिशले पुराना सिकाइ प्रणालीलाई नयाँ अवधारणाबाट बदल्ने प्रयास गर्दै छ । यसको प्लेटफर्ममा गुणस्तरीय सिकाई सामग्रीहरु राखिएको छ । अनुभवि विज्ञ प्रक्षिशकहरुले संचालन गर्ने ओटिशको अन्लाईन सिकाइमा विभिन्न रचनात्मक विधिहरु प्रयोग गरिएको हुन्छ तपाईंले रमाइलो गर्दै परीक्षा तयारी गर्न सक्नुहुन्छ

कोर्स बजारमा आएको केहि हप्तामै दश हजार भन्दा धेरै परीक्षार्थीहरुले ओटिश मार्फत अन्लाईन परीक्षा तयारी गर्न भर्ना भईसकेका छन्।

त्यसैले तपाईंले लोकसेवा आयोग वा कोरीयन भाषा परीक्षा तयारी गर्दै हुनुहुन्छ भने एक पटक ओटिशलाई सम्झनै पर्ने हुन्छ । 

परीक्षा तयारी गर्न ओटिश नै किन छान्ने ?

 

ओटिशले गुणस्तरीय कोर्स र पठन सामग्री प्रदान गर्छ ।

तपाईं काठमाडौं बाहिर हुनुहुन्छ भने तपाईं परीक्षा तयारी गर्न काठमाडौं आउनै पर्दैन । तपाईंलाई परीक्षा तयारी गर्न मात्र दुई चीजको आवश्यकता पर्छ: इन्टरनेटखल्ती एकाउन्टमा ब्यालेन्स

यदि तपाईं काठमाडौंमै हुनुहुन्छ भने पनि तपाईंलाई ओटिश धेरै सहयोगी हुन्छ । तपाईंले इन्स्टिच्युटहरुमा तिर्नु पर्ने महँगो रकम बचत गर्न सक्नुहुन्छ । साथै, तपाईंले इन्स्टिच्युट जाने आउने समय बचाउन र त्यो समय अन्य काममा सदुपयोग गर्न सक्नुहुन्छ ।

ओटिश अनलाईन लर्निङ प्रणालीका विशेषताहरु:

 

  1. जुनसुकै बेला जहाँबाट पनि सिक्न सकिने
  2. सुलभ दरमै कोर्स उपलब्ध हुने हुँदा पैसा बचत हुने
  3. इन्स्टिच्युट धाउन नपर्ने र घरबाटै पढ्न सकिने हुँदा समयको बचत हुने

ओटिशमा अहिले उपलब्ध परीक्षा तयारी कोर्सहरु:

 

  1. लोकसेवा तयारी (अधिकृत, नासु, खरिदार)
  2. लोकसेवा तयारी (संगठित संस्था) (नेपाल विद्युत प्राधिकरण – ४ तह)
  3. भाषा कक्षा (कोरीयन ईपीएस, जापानीज जेएलपिटि)
  4. बैंकिङ तयारी
  5. सिए तयारी
  6. बिबिएस् तथा एमबिएस् परीक्षाको तयारी

ओटिस डटकमको अन्लाईन परीक्षा तयारी कक्षामा कसरी भर्ना हुने खल्तीबाट कसरी भर्ना शुल्क तिर्ने ?

 

  1. सर्वप्रथम ओटिशको वेबसाईट ओटिश डटकम (ottish.com) मा रजिस्टर गर्नुहोस् र लगइन गर्नुहोस् । तपाईंले आफ्नो जिमेल वा फेसबुक एकाउन्ट मार्फत नै रजिस्टर गर्न सक्नुहुन्छ ।
  2. आफूले परीक्षा तयारी गर्नुपर्ने कोर्स छान्नुहोस् र BUY NOW मा क्लिक गर्नुहोस् ।
  3. अब Khalti को भुक्तानी गर्ने स्कृन खुल्नेछ । तपाईंले इन्टरनेट बैंकिङ वा आफ्नो Khalti Wallet मा रहेको ब्यालेन्स मार्फत उक्त कोर्सको शुल्क तिर्न सक्नुहुनेछ ।

खल्ती वालेटबाट तिर्नका लागि:

  • आफ्नो मोबाईल नम्बर दाखिला गर्नुहोस् र PAY बटनमा थिच्नुहोस् ।
  • Transaction PIN र आफ्नो मोबाईलमा भर्खरै प्राप्त OTP (One-Time-Password) दाखिला गरी Confirm Payment मा थिच्नुहोस् ।

यदि तपाईं नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले खल्ती मा रजिस्टर गरिएको मोबाईल नम्बरमा Third Party Transaction PIN पाउनुहुनेछ । जुन तपाईंले खल्ती एपमा गई ‘More’ → Settings→ Third Party Transaction option मार्फत परीवर्तन गर्न सक्नुहुन्छ। 

यसरी सफलतापूर्वक शुल्क भुक्तानी गरिसकेपछि तपाईं उक्त कोर्समा भर्ना हुनुहुनेछ । अब आफ्नो समय मिलाएर तपाईंले ओटिशको उक्त गुणस्तरीय कोर्स पढ्न सक्नुहुन्छ ।

खल्तीको तर्फबाट तपाईंलाई परीक्षाको सफलताको शुभकामना !

 

के तपाईंले Khalti ID खोल्नु भएको छैन ? दुई मिनेटमै Khalti ID खोल्न यहाँ जानुहोस्

के तपाईंको खल्ती एकाउन्टमा ओटिशको कोर्स फि तिर्न पर्याप्त रकम छैन ? सजिलै मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, बैंक भौचर डिपोजिट, कार्ड, खल्ती सेवा केन्द्र तथा अन्य माध्यम मार्फत खल्तीमा पैसा राख्ने तरिका थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस्