1660-01-5-8888

Khalti र IME Pay को मर्जर पश्चात् अब inDrive चालकले Khalti एप मार्फत आफ्नो inDrive account मा Top-up गरी सिधै कमिसन तिर्न सक्नुहुनेछ। 

 

चालकहरूले Khalti एपबाट सिधै Top-up भुक्तानी पनि गर्न सक्छन्।

१: आफ्नो Khalti को होमपेजमा रहेको “Send Money” मा क्लिक गर्नुहोस्। 

२: “inDrive TopUp (For Driver)” मा क्लिक गर्नुहोस्। 

३: आफ्नो राइडर नम्बर राखी “Get details” मा क्लिक गर्नुहोस्।  

(तपाईंको राइडर नम्बर inDrive एपमा प्रदान गरिएको छ)

४: Top-Up रकम राख्नुहोस् र अगाडि बढ्नुहोस्। 

५: “Payment Option” मा Khalti छान्नुहोस् र अगाडि बढ्नुहोस्। 

६: कारोबार विवरण रुजु गर्नुहोस् र भुक्तानी सफल पार्नुहोस्। 

केही सेकेन्डमा भुक्तानी सफल हुनेछ। 

यसका साथै, चालकहरूले inDrive बाट सिधै टप-अप गर्ने तरिका यहाँ दिइएको छ: 

१: तपाईंको inDrive एपमा, “Wallet” मा क्लिक गर्नुहोस्। 

२: “Top-Up” बटनमा क्लिक गर्नुहोस्। 

३: अब “TopUp via Khalti” बटनमा क्लिक गर्नुहोस्। 

यहाँ, तपाईंलाई Khalti एपमा रिडिरेक्ट गरिनेछ 

४: तपाईंले आफ्नो inDrive वालेटमा Top-Up गर्न चाहनुभएको रकम राख्नुहोस्। 

नोट: न्यूनतम रकम रु. १० हुनुपर्छ 

५: कारोबारको रुजु गर्नुहोस् र आफ्नो Khalti PIN no. राख्नुहोस्।  

तपाईंले सफलतापूर्वक आफ्नो ब्यालेन्स रिचार्ज गर्नुभएको छ।

यसरी सजिलै जहिले पनि जहाँबाट पनि आफ्नो inDrive को कमिसन तिरी आफ्नो सवारी जारी राख्न सक्नुहुन्छ। 

Don’t have Khalti ? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.